जिनोमिक ल्याबोरेटोरी प्रालिद्धारा दाङको घोराहीमा शाखा शुभारम्भ

स्वास्थ्यसमाचार/ बुटबलमा संञ्चालनमा रहेको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालिले दाङको घोराहीमा ल्यावको शाखाको शुभारम्भ गरेको छ ।एक कार्यक्रमका बिच ल्याबका अध्यक्षले दाङको घोराहीमा शाखा शुभारम्भ गरेका हुन।

प्रालिले दाङको घोराहीमा १ करोड ५०लाखको लगानीमा शाखा सुरु गरिएको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालीका उपाध्यक्ष नारायण भन्डारीले बताए । दाङको घोराहीमा रहेका अरु ल्याबमा नभएका परिक्षणहरु अब यो ल्याबका हुने भन्डारीले बताए ।

भन्डारीले भने अहिले दाङमा सुरु भएको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरीमा क्यान्सर समन्धी परिक्षण, बिभिन्न किसीमका  हर्मोन को परिक्षण महिलाहरुको पाठेघर समन्धीको क्यान्सरएफ ( प्याप )परिक्षण,वायोप्सी एएफ एन ए सि क्यान्सरमार्कहरु सबै परिक्षण हुने उपाध्यक्ष भन्डारीले बताए ।

जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालिका म्यानेजीड डाईरेक्टर रमेश पान्डेले भने बुटबलमा गुणस्तरी ल्याब सेवा दिनको लगाी करिब ४ करोडको लगानीमा ल्याब संञ्चालन गरिएको बताए।पान्डेले भने यो ल्याब प्रालीले बिगत ४ बर्षदेखी बुटबलमा गुणस्तरी ल्याबको सेवा दिएको छ।

ल्याब शुभारम्भ कार्यक्रममा क्वालीटी कंट्रोल ईन्चार्ज सुमन शापकोटा,घोराही शाखाका ब्यबस्थापक दिलीप न्यौपानेले बोल्दै आफुहरुले दिने सेवा सधै गुणस्तरी र सुभल हुने बताए । यो ल्याबमा  युकेको रेनडेक्स कम्पनीद्धारा गुणस्तर परिक्षण गरिने गरेको क्वालीटी कंट्रोल ईन्चार्ज सुमन शापकोटा, बताए ।

सम्बन्धित शिर्षक :