बाग्मती प्रदेशको स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /महेश्वर श्रेष्ठ बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयको निर्देशक नियुक्त भएका छन।श्रेष्ठआज बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालय पदबहाली गरेका छन ।

लुम्बिनी प्रदेशको स्वास्थ्य तालिमकेन्द्रका प्रमुख रहेका श्रेष्ठ केहि महिना पहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा नियुक्त भएका थिए ।

स्वास्थ्य शिक्षा समूह अन्तर्गत ११औं तहका कर्मचारी रहेका श्रेष्ठ जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन । कर्मचारी समायोजनका क्रममा उनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आएका थिए ।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर काम गरेका छन ।

सम्बन्धित शिर्षक :