स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमान्डौ /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा क्रमश निःशुल्क गर्दै लैजाने योजना बनाएको छ।मन्त्रालयमा आज बिहीबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा अहिले निर्धारित रकम तीन हजार पाँच सयलाई क्रमशस् कम गर्दै लैजाने तयारी भइरहेको जानकारी दिए।

‘स्वास्थ्य बिमा ३ हजार ५ नलिइ बिमा गर्ने योजना बनाएको छु,’ मन्त्री खतिवडाले भने, ‘त्यसमध्ये पनि लोपउन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा समावेश गर्ने तयारीमा गरिरहेको छ।’उनले यो कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिए।

‘लोपउन्मुख जातिको संख्या कम भएकाले स्वास्थ्य मन्त्रालयकै बजेटबाट गर्न सकिन्छ। अल्पसंख्यकको जनसंख्या करिब ३० लाख छ। सरकारले सो कार्यक्रममार्फत क्रमशस् सबै नागरिकको बिमा अनिवार्य गर्ने छ,’ उनले भने, ‘मैले लोपउन्मुख वा अल्पसंख्यकको मात्रै पनि स्वास्थ्य बिमा निस्शुल्क गर्न सके भने क्रमशस् अगामी सरकारले सो कार्यक्रमलाई पाँच–६ वर्षभित्रमा सबै नागरिकको बिमा अनिवार्य गर्न सजिलो हुन्छ।’

खतिवडाले यसअघि १८ वर्षमाथिका सबै नागरिकलाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको बताए। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अनुमति दिइसकेकाले १२ वर्षमाथिका नागरिकलाई खोप लगाउन एक करोड डोज खोप ‘बुक’ गरिसकेको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘यसअघि १८ वर्षमाथिकाले मात्र खोप लगाएका थिए, अब १२ वर्षमाथिकालाई पनि खोप दिन एक करोड खोप बुक गरिसक्यौं। अमेरिकाबाट फाइजर र मोडेर्ना खरिद गरेर ल्याउँदैछौं। यो ५० लाखलाई पुग्छ। अमेरिकी अनुदानमा १ लाख खोप आइसकेको छ। केही दिनमै एक करोड डोज खोप पनि आउँछ।’

उनले भारत र चीनले बालबालिकाका लागि नयाँ खोप परीक्षण गरिहरहेको भन्दै जसले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप खरिद गरिने बताए।स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो सुनेको भन्दै उनले त्यसका लागि अर्थमन्त्रालयमा ४५ करोड रकम निकासाका लागि पत्र पठाएको जानकारी दिए। उनले औषधिमा शुल्क बढेको गुनासो बुझ्न सचिवलाई निर्देशन दिएको बताए।

सम्बन्धित शिर्षक :