स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्छ :स्वास्थ्यमन्त्री चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्ने बताएका छन।

त्यसको लागी लुम्बिनी प्रदेश सरकारले आवश्यक निति नियम जनशक्ती र पुर्वाधारको लागी सरकारले आबश्यक सहयोग गर्ने बताए । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अबसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयद्धारा आयोजीत कार्यक्रममा स्वास्थ्य मन्त्रीले उक्त कुरा बताएका हुन ।

मन्त्री चौधरीले अहिले वढिप्रचलनमा रहेको एलोप्याथिक पद्धति र आयुर्वेद पद्धतिलाई संन्तुलनमा ल्याउन सकेमात्र वैज्ञानिक प्रद्धतिवाट बढी चलनमा आएको एलोपेथिक र आयुर्वेद संन्तुलनमा आउने बताए ।मन्त्रीचौधरीले भने आयुर्वेद भनेको रोगलाग्न नदिने पद्धति हो अहिले पनि यसप्रद्धिप्रति चेतनाको अभाब छ चेतना फैलाउन आबश्यक ।

स्वास्थ्य सचिब डा बिकास देबकोटाले लुम्बिनी आयुर्वेद चिकित्सालय लाई निमार्णधिन पुर्वाधार तथ आयुर्वेको बिकासको लागी बजेट अभाब हुन नदिने बताएका छन । प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले मानसिक तनाव ब्यबस्थापनको लागी योग र आयुर्वेद महत्वपुर्ण रहेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्प राज पौडेलले भने अहिले आयुर्वेदको बिकासको लागी बिश्व स्वास्थ्य संगठनले भने जस्तै ६ कुरालाई अघिबढाउनु पर्छ त्यो भयो भने यसको बिकास हुने बताए ।उनले बिश्व स्वास्थ्य संगठनले भने जस्तै नेतृत्व शुसासन,पुर्वाधार बिकास,प्रयाप्त जनशक्ती,स्वास्थ्य सेवा प्रणाली,आयुर्वेद सुचना प्रणाली र अर्थब्यबस्थापन लगायका कुरामा ध्यान दिनुपर्ने बताए ।

बुटबल उपमहानगरपालिका उपमेयर गुमादेबि आर्चायले नगरपालिकाले योग र आयुर्वेदलाई प्राथामिकता दिई शहरीस्वास्थ्य केन्द्रबाट आयुर्वेद सेवा दिएको बताईन ।लुम्बिनी आयुर्वेद चिकित्सालकका प्रमुख डा नलिनाथ तिवारीले जनशक्ती बजेट र पुर्वाधार अभाब रहेको बताए । जनशक्ती अभावमा काममा समस्या भएको ले प्रदेश सरकारले ब्यबस्था गरि सहज बनाउनु पर्ने बताए ।

आवुर्वेद चिकित्सालय बिकास समितिका अध्यक्ष शिब ज्ञाबलीले अस्पतालले १५ बेडको अस्पताल संञ्चालन गर्ने भएकोमा जग्गा बजेट अभाब भएको बताए ।उनले बुटबल सैनामैना लगायका ठाउमा अस्पताल बनाउन स्थानिय सरकारले जग्गाको ब्यबस्था गरिदिन आग्रह गरे ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका बैध्य तथा योग– आयुर्वेद अभियान्ता बिष्णु हरि आचार्य(योगिराज) लेसो अबसरमा योग, आयुर्वेदको अबस्था बारे तयार गरिएको सामाग्री भिडियो मार्फत देखाइएको थियो भने आयुर्वेद चिकित्सालयबाट निर्माण गरियको औसधिको बारेमा जानकारी गराउनुका साथै बिसेसज्ञ आखा रोग सेवा सन्चालन सुरुले जानकारी गराए । कार्यक्रममा विभिन्न टोल सस्थाका प्रमुखहरु विभिन्न संघ सस्थाहरुमा आबद्ध ब्यक्तिहरुको उपस्थिती रहेको अस्पतालका कबिराज निरीक्षक नरहरी अर्यालले बताए ।

सम्बन्धित शिर्षक :