‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिने एप

स्वास्थ्यसमाचार/ विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं…

चिनियाँ कम्पनीले दियो नेपाललाई २ हजार कोरोना जाँच गर्ने किट

बेइजिङ / चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो। उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङ्हाइ र बेइजिङ(काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ चियान् ली पनि उपस्थित थिए। प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ। हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस…

भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र बनाईने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ । भैरहवाको अंचलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा यो प्रयोगशाला बनाइने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनुपरेको अवस्थामा कोरोनाका लक्षण मेल खाने विरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताए । पिसीआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएमा केही दिनभित्र तयार हुनेगरी काम भइरहेको तथा उपकरण मेसिन र प्राविधिकहरुको तयारी प्रदेश लागेको उनले । यसका लागि केही सामग्री आइसकेको र कमी भएका सामग्री ल्याउने तयारीमा लागेका…

कोरोना भाइरसको संक्रमण निको पार्नका ४ औषधिको परीक्षण सुरु

एजेन्सी / कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (WHO)ले संसारभरका देशलाई महापरीक्षणका लागि आग्रह गरेको छ । तपाइँका लागि खुसीको खबर छ, महापरीक्षण सुरु भइसकेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी चार औषधिको परीक्षणका लागि आग्रह गरेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको परीक्षण सुरु भएको हो । ती औषधि कुन कुन हुन् ? विश्व स्वास्थ्य संगठन ले यी चार औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी चार औषधिबाटै कोरोना भाइरसलाई हराउन…

प्रदेश भरीका अस्पताललाई नै पुग्ने गरी मेडिकल सामाग्रीको व्यवस्थापन: मन्त्री बराल

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारको निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले तिन बटा जिल्लामा आईसोलेशन अस्पतालको व्यवस्थापन गरेको छ । रुपन्देहीको वुटवल धागो कारखाना, भैरहवा भिम अस्पताल, वेलझुण्डीको केन्द्रिय आयुर्वेद विद्यापिठ भवन, बांकेको खजुरा स्थित सुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेशन अस्पताल संचालन भएका हुन् । रुपन्देहीमा स्थित भिम अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पतालको रुपमा संचालन गरिएको छ । उक्त अस्पतालमा आईसियु सहितको ३० वेड रहेका छन । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको वैठकले सामाजिक विकास मन्त्रालय मन्त्री सुदर्शन बराललाई उक्त अस्पतालमा जिम्मेवारी तोकेको थियो । अन्य मन्त्रिहरुलाई पनि…

कोरोना :आफनो टोलमा बाहिरी मान्छे छिर्न नदेउ :मुख्यमन्त्री

स्वास्थ्यसमाचार /सरकारले गरेको लकडाउनलाई स्थानीयबासीले अवज्ञा गर्नेक्रम जारी राखेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टोल टो्लमा नाकाबन्दी गर्न आह्वान गरेका छन । आज आफ्नो फेसबुक वालमा स्ट्याटर पोष्ट गर्दै मुख्यमन्त्री पोखरेलले टोलबिकास संस्थाहरुले टोल बाहिरका मानीसलाई टोलमा प्रवेश गर्न नदिन र टोलबासीको स्वास्थ्य सुरक्षामा सक्रिय हुने आग्रह गरे । उनलेआफ्नो पोष्टमा बाहिरका बासिन्दालाई टोलमा आउन नदिन र टोलका वासिन्दाहरु पनि वाहिर नजान भनेका छन । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राख्न आवश्यक रहेको बताए…

नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ। आज थप एकमा कोरोनाको संक्रमण देखिएको हो। संक्रमितको संख्या ३ पुगेपनि एक जना उपचारपछि निको भइसकेका छन्। उनी कोरोना मु्क्त भइसकेका छन्। दुई जना भने उपचाररत छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड १९ देखिएको पुष्टि गरेका छन्।विस्तृत जानकारी उपलब्ध नभइसकेको भए पनि स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख छ। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६८४ को रिपोर्ट…

शुद्धोधन गाउँपालिकामा १० वेड क्वारेन्टाइन र ५ बेड आइसुलेसन

स्वास्थ्यसमाचार /कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरण गर्न रुपन्देहिको शुद्धोधन गाउपालिकाले क्वारेन्टाइन र आइसुलेसन निर्माण गर्ने भएको छ । प्रदेश ५ सांसदद्वय तुलसी चौधरी ,पुस्पा चौधरी ,गाउपालिका अध्यक्षकिसुन चन्द चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,गाउपालिकाका विभिन्न वडाका जनप्रतिनिधि ,स्वास्थकर्मी,पार्टीका प्रतिनिधि,प्रहरी,कर्मचारी पत्रकार सम्मीलित आकस्मिक बैठक बसि गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको संयोजकत्वमा २१ सदस्यीय गाउपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती गठन गरिएको छ। गठित समितिले शुद्धोधन गाउपालिका वडा ३ मा रहेको यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पस क्वारेन्टाइन र गाउपालिका वडा न ४ मा मोतिपुर प्राथमिक स्वास्थ केन्द्र मा आइसुलेसन तयार पार्ने निर्णय छ।क्वारेन्टाइनमा…

बुटवल कोरोना विशेष अस्पतालमा १०बेडको आईसियु र ल्याब बनाउने

स्वास्थ्यसमाचार/ बुटबलको धागोकारखानामा बनाईएको बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा १० बेडको आईसियु र अस्थायी ल्याब बनाउने निर्णय भएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी अध्यक्षतामा बैठक बसि उक्त निणर्य गरिएको छ । उक्त बैठकमा छिटो आईसियु संञ्चालन गर्ने गाईडलाईन बनाउने १० बेडको आईसियु संञ्चालनका लागी ठाउको अबस्था, पिपिइ, माक्स, ग्लोब्स लगायत अन्य मडिकल सामाग्रीहरुको व्यवस्थापन गर्ने बिषयमा छलफल भएको थियो । बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक्तमा समिति गठन गरिएको छ ।समितिका सदस्यमा बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सदस्य तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, प्रमुख…

क्रिमसनमा मोबाईलबाटैं स्वास्थ्य परामर्श लिने ब्यबस्था

स्वास्थ्यसमाचार /क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाईलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाईल सेवा उपलब्ध गराएको हो । आफ्नो स्वास्थ्य समस्याको बारेमा जोकोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । उनका अनुसार अनुसार यो मोबाईलमा सम्पर्क गर्दा आकश्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् । अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको बस्यालले बताए ।