स्वाथ्य र शिक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता :मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीलाइ समृद्ध बनाउनको जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् ।

यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टाचार भेटघाटको क्रममा बोल्दै मुख्यमन्त्री केसीले दातृ निकायबाट पनि प्रदेश सरकारले प्रदेशवासीको स्वास्थ्य र शिक्षामा सहयोगको अपेक्षा गरेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहको उल्लेख गर्दै ती नागरिकको लागि सकरात्मक कार्य गरी दिन डाइरेक्टर बेनलाई आग्रह गरे । उनले प्रदेश सरकार सधै यूकेका नागरिक र सरकारसँग सकरात्मक समन्धको अपेक्षा गरेको समेत बताए ।

उनले लुम्बिनी प्रदेशमा स्वास्थ्य, शिक्षा, जलवायू, शुसासनलाई बढी ध्यान दिएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको नीति र आचार संहितामा रहेर युके सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

भेटको क्रममा यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेनले मुख्यमन्त्रीले राखेको प्रस्तावमा शिक्षा, स्वास्थ्य, जलवायू, शान्ति सुरक्षा लगायतको विषयमा सहयोग र सहकार्य गरी अगाडि बढ्नका लागि सरकारसँग छलफल गरी टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । बेनले प्रदेश सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग र सहकार्यताका लागि आफूहरु सधै खुला रहेको बताए ।

सम्बन्धित शिर्षक :