स्वास्थ्यसमाचार /लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित आमामा निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रशासक प्रशान्त श्रीवास्तवले बताए । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम लैजानु उदाहरणीय रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले सरकारले गर्नुपर्ने काम लायन्स…
समाचार
तम्घास अस्पताललाई बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण
स्वास्थ्यसमाचार /जिल्लाअस्पताल गुल्मीलाई लायन्स क्लब अफ तम्घासले सातलाख बराबरको साम्रगी हस्तान्तरण गरेको छ ।नबजात शिशुहरुको जन्म हुँदा चिसोबाट बचाउनका लागि प्रयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो अस्पताललाई सामाग्री हस्तान्तरण गदै लायन्स क्लब अफ तम्घास का अध्यक्ष बालसिंह काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुहरुको अकालमै मृत्यू हुने अबस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने बताए । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको वताउदै साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको बताए । सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर…
भैरहवा युनिभर्सल मेडिकल कलेजका विद्धार्थीको आन्दोलन स्थगित
स्वास्थ्यसमाचार, २२ मंसिर । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र विद्धार्थीबीच सहमति भएको छ । कलेजले लिएको बढि शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै एकमहिना बढि लामोसमयदेखी सङ्घर्षरत विद्धार्थीले आन्दोलन स्थगन गरेका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखलेरका स्वकीय सचिव पुरन केसीको नेतृत्वमा शनिवार राति भएको ६ बुँदे सहमतिमा शैक्षिक वर्ष २०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्स्लि रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने जनाइएको छ । सहमतिपत्रमा कलेजको तर्फबाट अजयकुमार…
देवदहमा लायन्स आखाँ अस्पताल भवनको शिलान्यास
स्वास्थ्यसमाचार/देवदहमा लायन्स आखा अस्पताल बन्ने भएको छ । आज एक कार्यक्रमका बिच पुर्बमन्त्री तथा सघिय ससंदका सासंदका छबिलाल बिश्वकर्माले लायन्स आखा अस्पताल भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै बिश्वकर्माले देवदहमा आखा अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रमा एउटा इटा थपिने वताए ।स्वास्थ्य मानिसको सबै भन्दा ठुलो सम्पती भएको भन्दै अस्पतालले सो क्षेत्रका सर्ब साधरण लाई सहज तरिकाले सेवा प्रवाह गर्नु पर्ने वताए । बर्तमान सरकार जनताको स्वास्थ्य प्रति सचेत रहेको भन्दै ससंद बिकाश कोषको केही रकम आफुले अस्पताल निर्माणमा सहयोग गरेको बताए ।उनले अस्पताल निर्माणमा सहयोग गर्न सम्पुर्ण देवदहबासी लाइ आग्रह…
लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट
रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्। अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको…
चितवन मेडिकल कलेजका बिद्यार्थीमाथि प्रहरीद्वारा लाठीचार्ज !
स्वास्थ्य समाचार, २० मङ्सिर । चितवन मेडिकल कलेजमा धर्ना बसेका बिद्यार्थी माथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एमबिबिएसका बिद्यार्थीहरु घाइते भएका छन । लाठीचार्जबाट चितवन मेडिकल कलेज दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी घाइते भएका छन । कलेजकाे प्रशासन शाखामा बिद्यार्थीले लगाएको ताला बिना जानकारी खोलिएको भन्दै बिद्यार्थीद्वारा प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेपछि बिद्यार्थीहरु थप आक्रोशित भइ प्रहरीसंग झडपको स्थिति बनेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको खम्बा: उपमेयर चौधरी
स्वास्थ्यसमाचार /‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस तिलोत्तमा नगरपालिकाको सेमराबजार स्वास्थ्य चौकीमा पनि मनाइएको छ । समुदायको बिच बिचमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम् रहेको बताउदैे स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका छन। कार्यक्रममा बोल्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको बताईन। घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्,समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् र सानातिना रोगहरुको उपचार विधि बताउँछन् यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा भएको हुन ।चौधरील स्वयंसेविकालाई राज्यले…
सुधारात्मक स्वास्थ्य लिएर डिस्चार्ज भए प्रधानमन्त्रि ओली !
प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो ३: ३० बजे डिस्चार्ज भएर आफ्नै निवास फर्किएका छन् । दश लामो अस्पताल बसाई पछि डिस्चार्ज भएका ओलीको स्वास्थ्य अवस्था सुधारात्मक देखिएको चिकित्सकले जानकारी गराएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली स्वास्थ्यमा सुधार आएसंगै बालुवाटार स्थित आफ्नै निवास फर्किएका हुन् ।
स्वास्थ्यस्वयम सेविकालाई मासिक पाँचसय यातायात खर्च
स्वास्थ्यसमाचार /महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे…
पाल्पाकी नर्स पौडेल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत नर्स कल्पना पौडेलमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ । भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र र्पुयाउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा…