बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम समापन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना र यूनिसेफको सहयोगमा एकद्धार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाको क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम बुटवलमा सम्पन भयो ।

तालिममा एकद्धार संकट ब्यवस्थापन केन्द्रलाई कसरी हिंसा प्रभावित व्यक्तिहरु सम्म सहज तरिकाले पुर्याउन र लैङ्गिक हिंसा रोक्न कसरी काम गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरिएको थियो । तालिममा यूनिसेफका प्रकास कनैले बालबालिका बढि हिंसामा पर्ने र आफ्ना कुरा राख्न नसक्ने भएकाले पनि सरोकारवाला व्यक्ति संबेदशील भएर काम गर्नुपर्ने बताए । त्यस्तै जेबिभी प्रशिक्षक सूर्य प्रसाद पौडेलले ओसिएम्सी सेवा प्रभाबकारी बनाउन केन्द्र मात्र नभएर व्यक्ति , संघ सस्था , नागरिक समाज , स्थानीय तह सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

सिद्धार्थ सामाजिक विकास केन्द्रकी शान्ती पण्डितले हिंसामा परी मनोसामाजिक समस्या भएका व्यक्तिलाइ कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा सहजिकरण गरेकी थिइनन् । तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल एकद्धार संकट ब्यवस्थापन केन्द्रकी प्रमुख आहना श्रेष्ठले हिंसाका डरलाग्दा घटना केन्द्रमा आउने गरेको बताउदै हिंसा रोक्न सबैको सहकार्य आबस्यक रहेको बताइन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बि सं. २०७४ सालमा एकद्धार संकट ब्यवस्थापन केन्द्र स्थापना भइ लैङ्गिक हिंसा प्रभावित तथा पीडकलाई समेत स्वास्थ सेवा , चिकित्साजन्य प्रमाण संकलन र संंरक्षण , मनोविमर्श सेवा , सुरक्षा , जीविकोपार्जन तथा कानुनी सहयोग समेत निशुल्क रुपमा उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु इन्द्र ढकालले ओसीएम्सी सेवा केन्द्रलाई व्यवस्थीत बनाउन आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सुर्य भट्राईले हिंसाका घटना यत्ति नै हुन्छन भनेर आँकलन गर्न नसकिने भएकाले आवश्यक बजेट छुट्याउन समस्या भएको भन्दै आवस्यक परेको खण्डमा विकास समितिकै खर्चबाट पनि काम गर्न तयार भएको बताए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमा देवी आचार्यले केहीले महत्वकांक्षी योजना भनेपनी आफु निर्बाचित भएसंगै लैङ्गिक हिंसा मुक्त शहर बनाउने प्रतिबद्धता गरेको बताइन् ।

अहिले रणनीतिक योजना बनाएरै काम गर्दा धेरै चरणमा सफल भएको र टोल निगरानी समिती गठन गरी सबैको सहकार्यमा अगाडी बढेको बताइन् ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका न्यायीक समिती सदस्य शिव बहादुर हमाल , सिद्धार्थ सामाजिक विकास केन्द्रका रोम कान्त घिमिरे , प्रकाश घिमिरे लगाएतले बोल्दै भौतिक विकास संगै मानवीय विकासलाई जोड्न सके मात्र सम्वृद्ध समाज निमार्ण गर्न सकिने बताए ।

तालिममा लुम्बिनी प्रादेशिक अस्पताल , बुटवल उपमहानगर पालिका , तिलोत्तमा नगरपालिका , सैनामैना नगरपालिकाका सम्बन्धित शाखाका क्रमचारी , तथा विभिन्न संघ सस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एकद्वार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिरहेको वताए ।नेपालका सबै जिल्ला सदरमुकाममा रहेका अस्पताल तथा निजी अस्पतालमा स्थापना गरिएका ८८ वटा ओसीएमसी काम गरिरहेको छन ।

सम्बन्धित शिर्षक :