सरकार जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयत्नशिल : मन्त्री थारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले मृगौला रोगी लगाएत बिभिन्न दिर्घरोगीहरुको उपचारमा सरकारले सघाउ पुराउने वताएका छन ।

मृगौला पीडित सरोकार समाज नेपालले मृगौला बचाऔं, आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ बुटवलमा आयोजना गरेको सम्मान तथा जनचेतना मुलक कार्यक्रममा बोल्दै मन्त्री थारुले मृगौला रोगीहरुका लागि सरकारले करिब ५ करोड बजेट बिनियोजन गरेको वताए ।

मन्त्री थारुले मृगौला फेर्ने बिरामीलाई २ लाखका दरले रकम उपलब्ध गराउने, प्रदेशभर रक्तसंचार केन्द्रबाट निःशुल्क रगत सेवा उपलब्ध गराउने, महंगो ईन्जेक्सनमा ५० प्रतिशत अनुदान दिने, निःशुल्क स्क्रिनिङ्ग सेवा लगाएतका कार्यक्रमहरु प्रदेश सरकारले लागु गरेको वताए । साथै क्यान्सर लगाएत अन्य दिर्घरोगीहरुका लागि पनि बिभिन्न सेवाहरु प्रदान गर्ने निर्णय भएको मन्त्री चौधरीले बताए ।

मृगौला पीडित सरोकार समाज रुपन्देहीका अध्यक्ष रमेश केसीको सभापत्त्विमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय अध्यक्ष बलराम सुबेदी, मृगौला रोग बिशेषज्ञ डा रजत कायस्थ, गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलम, कार्यक्रम संचालक वसिम खाण लगाएतले नेपालमा मृगौला रोगीहरुको अवस्था र उपचारका बारेमा चर्चा गरेका थिए ।

एक तथ्यांक अनुसार नेपालमा झण्डै १ लाख मृगौला रोगीहरु छन् । हरेक बर्ष झण्डै ३ हजारको संख्यामा मृगौला सम्बन्धी रोगबाट मानिसहरुको निधन हुने गरेको छ भने त्यसैको हाराहारीमा नयाँ मृगौला रोगीहरु थपिन्छन् । मृगौला सम्बन्धी रोग लागेमा शरिर सुन्निने, शरिरमा रगतको मात्रा कम हुदै जाने, शरिर कमजोर भै दुब्लाउदै जाने, छिटोछिटो पिसाव लाग्ने, वाकवाकी लाग्ने र रिंगटा लाग्ने लगाएतका लक्षणहरु देखिने चिकित्सकहरु बताउछन् ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :