नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ :डब्लूएचओ

स्वास्थ्यसमाचार/ कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन अहिले विश्वका ४० भन्दा धेरै देशमा फैलिइसकेको छ । यो भेरियन्ट यसअघिका बिटा र डेल्टा भन्दा खतरनाक हुने अनुमान विज्ञहरुले गरिरहेका छन् ।

अहिले लगाइएका कोभिड–१९ विरुद्धको खोपले ओमीक्रोन भेरियन्टलाई रोक्न नसक्ने होकि भन्ने आशंका भइरहेको छ । नयाँ भेरियन्टबारे खास अनुसन्धान भइसकेको छैन । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमीक्रोन भेरियन्टबाट बचाउन अहिलेनै खोपले काम गर्ने बताएको छ ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि खोप लगाइसकेका व्यक्तिगम्भीर बिरामी नपर्न डब्लुएचओका अधिकारीको दावी छ ।दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि यस्तो लेखिएको डब्लुएचओले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे धेरै कुरा पत्ता लाग्न बाँकी रहेको बताएका छन् ।तर डब्लुएचओका डा। माइक रायनले खोपको प्रभावकारितालाई चुनौती दिने मामलामा ओमीक्रोन अन्य भेरियन्ट भन्दा खतरा नरहेको दावी गरेका छन् ।

समाचार संस्था एएफपीसँग डब्लुएचओका आपतकालीन निर्देशक डा रायनले भनेका छन्, ‘हामीसँग प्रभावकारी खोप छन् र ती खोपहरु सबै भेरियन्टविरुद्ध गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित भएको छ । अहिलेसम्म ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएको छ ।’

सम्बन्धित शिर्षक :