प्रजातन्त्रवादी चिकित्सक संघमा डा. खरेल निर्वाचित

स्वास्थ्यसमाचार/ प्रजातन्त्रवादी डाक्टरहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन । संघको सम्पन्न तेस्रो महाधिवेशनबाट लुम्बिनी प्रदेश अध्यक्षमा डा. खरेल सर्वसम्मत निर्वाचित भएका हुन ।

तेस्रो अधिवेशनले डा. अनिल बिक्रम कार्कीको अध्यक्षमा ४३ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । अधिवेशनले प्रदेश १ अध्यक्षमा डा. फरवार्ड सिलवाल, २ मा डा. किशोरकुमार देव, वागमती प्रदेश अध्यक्षमा डा. मनोहर उद्धिन सहित, गण्डकीमा डा. सूर्यज्योती श्रेष्ठ, कर्णालीमा डा. नवराज केसी र सुदुरपश्चिम प्रदेशको अध्यक्षमा डा. प्रदिप मिश्रालाई चयन गरिएको छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित डा. खरेलले यहाँका प्रजातन्त्रवादी डाक्टरहरुसंग सल्लाह गरेर समितिलाई छिटै पूर्णता दिने वताएका छन ।

सम्बन्धित शिर्षक :