नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ । अस्तालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले वताए । कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखछ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ । अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।

गौतमबुद्ध मुटु अस्पतालले ४ सय २६ मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने

स्वास्थ्यसमाचार / बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए ।…

कोरोनाको कारण देखाउदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप बन्द

स्वास्थ्यसमाचार / रुपन्देहीका पाँच स्थानीय निकायले संघिय र प्रदेश सरकारको निर्णय उल्घन गरि आफनो निर्णय लागु गरि बालबालिको खोपलगाउने अधिकारलाई बञ्चीत गराएका छन। संघिय सरकार र प्रदेश सकारले वालबालिका लाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानिय र नगर लाई परिपत्र गरेको थियो । सरकारको परिपत्रलाई उल्लघन गदै रुपन्देहीका ५पालिका तिलोत्तमा नगरपालिका सैनामैना नगरपालिका कञ्चन गाउँपालिका ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिका ले खोप सेवा बन्द गरेका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार तिनगरपालिका गाउँपालिका लाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफनो निर्णय गरेर बन्द गरेको जनाएको…

बुटवलमा सडक बेसाहराको उद्धार र निशुल्क पिसिआर परीक्षण

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालेको छ । बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ । आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले वताए । यसमध्ये आठ जनाको पिसिआर…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसीयू सेवा बन्द

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकमी लाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको छ । एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। केही दिन अघि एनआइसियु सेवामा काम गर्ने ५ जनामा कोरोना देखिएकोमा आज थप २ जनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए । उनका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नसिंड स्टाफ र सहयोगीहरु हुन् । एनआइसियूमा ८ बेड रहेका छन् । अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना…

प्रदेश सरकार कोरोना रोकथाम र उपचारमा फितलो :काग्रेस प्रदेश ५संसदीय दल

स्वास्थ्यसमाचार/ काङग्रेस संसदिय दल प्रदेश ५ ले प्रदेश नं. ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई ९ बुँदे सुझाव दिएको छ । संसदीय दलले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा ९ बुँदे सुझाव दिएको हो । काङग्रेसले निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ । संसदीय दलका नेता बीरेन्द्र कुमार कानोडियाले प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको…

बुटबलमा डायलासिस गराउने विरामीको निःशुल्क पीसीआर परीक्षण

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलासिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु भएको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलासिस का सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाकालाई बसेको स्थानै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले वताए । उनले…

बेलबास सिटिको आयोजनामा रक्तदान ५४ पोका रगत संकलन

स्वास्थ्यसमाचार /लायन्स कल्ब अफ बुटवल बेलबास सिटिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । उक्त अबसरमा ५४ पोका रगत संकलन भएको छ । कोरोनाको महामारीमा कसैको रगतको अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको लायन्स कल्ब अफ बुटबल बेल्बास सिटिका अध्यक्ष लक्ष्मण खडकाले बताए । शिबलाल उपाध्यको प्रमुख आतिथ्य ओमकार आर्चायको बिशिष्ट आतिथ्य कल्वका अध्यक्ष लक्ष्मण खडकाको अध्यक्षमा भएको रक्तदान कार्यक्रमको संञ्चालन वाबुराम भुसालले गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै उनीहरुले विषम परिस्थिति मा पनि यो मानबिय कार्य गर्नु सर्हानिय भएको बोल्ने बक्ताहरुले बताए।

डा सुदर्शन थापा भगवानको चक्रले मलाई कोरोनाबाट बचायो :डा उमाशंकर चौधरी

म डा उमाशंकर प्रसाद चौधरी प्रदेश ५ सामाजीक बिकास मन्त्रालय अस्पताल बिकाश तथा चिकित्सा सेवा महाशाखा प्रमुखको रुपमा कार्यरत रहेको छु । कामको शिलशिलमा मलाई कोरोना संक्रमित पुष्टि भयो । कोरोना संक्रमण पछि म होम आईसोलेशनमा बसे। आफु स्वयम चिकित्सक भएकोले मैले आफनो स्वास्थ्यको बारेमा ख्याल गर्दे आएको थिए मैले अक्सिजन नाप्ने मेसीन किनेर आफनो स्वाश प्रस्वास नापी रहेको थिए । सुरुमा शरिरमा अक्सिजन मात्र सेचुरेशनको मात्रा जब ९३ बाट तल झर्दै गयो सास फेर्न गार्हाे हुँदै गयो कोरोनाका जटिलताहरू थपिदै गए पछि कोरोनाको आईसियु मा भर्ना भए। म आफै…