औषधि ब्याबसायी सघं गुल्मीमा श्रेष्ठ

रमेश बिश्वकर्मा गुल्मी २४ जेठ नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीको पाचौ अधिबेशन बाट महेश श्रेष्ठ निर्बाचित भएका छन । पुरानो समितिको कार्यकाल सकिएकाले नयाँ समितिको लागि अधिबेशन गरिएको नेपाल औषधि ब्याबसायि सघं गुल्मीले जनाएको छ । पाचौ अधिबेशनबाट नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीका उपाध्यक्षमा फर्सुराम पाण्डे र महासचिबमा गणेश श्रेष्ठ सहित ११ सदस्यि गठन गरिएको छ । औषधि ब्याबसायि सघं नामले परिचित भएपनि ब्याबसायि हरुले औषधि बेचेर नाफा लिदा आफ्नो मात्र नभई ब्याबसायिको बेईज्जत हुने नेपाल औषधि ब्याबसायि सघंका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुनिल…

चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी

स्वास्थ्यसमाचार पछिल्लो समय गर्भावस्था तथा सुत्ेकरी हुने बेलामा अस्पताल तथा वर्थिङ सेन्टर नपुग्ने कमै हुन्छन् । आम मानिसमा चेतनाको स्तरमा वृद्धि भए पनि यदाकदा चेतनाकै अभावमा सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको सुन्न पाइन्छ । भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका छन् । मातृ शिशुदर शून्य पार्ने सरकारको लक्ष्यअनुसार गाउँ–गाउँमा वर्थिङ सेन्टर स्थापना भएका छन् भने सुत्केरी हुँदा आमा र शिशुको मृत्यु भएको खबर बिरलै सुन्ने गरेका छौँ ।…

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ । कर्मचारीको गुनासोमा एक९एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल…

पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस

स्वास्थ्यसमाचार सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।  मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।

असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो

स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा भएका छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका छन । निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल…

महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

स्वास्थ्य समाचार रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ । उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि तथा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश नं ५मा धेरै क्षेत्रमा स्वास्थ्यको ईन्डीकेटर कम देखीएकोले स्वास्थ्य स्वयम सेबिकासलाई एडभान्स तालिम दिन दिई…

‘वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा नसर्ने रोग बढदो’ : मन्त्री दर्शन बराल

स्वास्थ्य समाचार स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५को आयोजनामा नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ५दिन देखी सुरु भएको नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिमको एक कार्यक्रमका बिच प्रदेश ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले समापन गरे । समापन कार्यक्रम बोल्दै मन्त्री बरालले वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा मानिसमा नसर्ने रोग बढदै गएको बताए ।समाजमा दैनीक यो नसर्ने रोग बढदै गएकोमा चिन्ता प्रकट गर्दे आहार बिहार योगा लागायका कार्यगर्न सुझाब दिएका छन । अहिले समाजमा सर्ने भन्दा नसर्ने रोगका बिरामी बढी भएको बताए । गाउँ गाउँमा सबैलाई आनिबानी…

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो । सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए ।…

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

स्वास्थ्यसमाचार फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिईन ।मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानीमन्त्री मगरले आधुनिक उपकरणसहितको उक्त सवारी पठाइएको वताईन । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ…