स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १३ लाख रुपैया सहयोग गरेका छन् । उक्त रकम नेकपा.रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टीका उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख गोपाल राना र नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर बैशाख १ गते हस्तान्तरण गरेका हुन । मुख्यमन्त्री कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा नेकपा.रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी…
समाचार
महामारी अन्त्यका लागि सबैको साझेदारी आवश्यक :प्रधानमन्त्री
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन् । उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्ति गर्दै वर्तमान अवस्थामा विश्वमा फैलिएको महामारीबाट लड्न सबैको साझेदारी आवश्यक रहेको उल्लेख गरे । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने र रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै निकै नै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्ष २०७७ को स्वागत गर्नुपरेको भन्दै…
स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको…
बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको आईसियु निमार्ण
स्वास्थ्यसमाचार/ बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको बुटवलको आईसियु निमार्ण भएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा (आईसियु) निर्माण गरिएको हो । आईसियु स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसूयीका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर,८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ । आईसियुनिमार्णपछि मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए । बुटवल उपमहानगरपालिकाको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नं १० रामनगर स्थीत औद्योगिक क्षेत्रमा बन्द…
कोरोनाविरुद्ध नयाँ बर्षको १ मिनेट तालि बजाएर सम्मान
स्वास्थ्यसमाचार/ विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सामुहिक रुपमा उत्रिनका लागि नेपालमा कार्यरत विभिन्न संघ संस्थाहरुले सामुहिक आव्हान गरेका छन् । नयाँ वर्ष २०७७ को शुभारम्भसँगै बैशाख १ गते बिहान ६ बजेको समयमा १ मिनेट तालि बजाएर सामुहिक रुपमा एक्यबद्धता जनाउनका लागि विभिन्न संघसंस्थाहरुले सबैलाई आग्रह गरेका हुन । यसरी आग्रह गर्नेमा नेपाल पत्रकार महासंघ,गैरसरकारी संस्था महासंघ नेपाल,लगायत विभिन्न महासंघ,संजाल र नागरिक संघ संस्थाहरुले आव्हान गरेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जिताराम लामाले बताए । विश्वमा फैलिरहेको महामारी विरुद्ध नेपालमा अग्रपंक्तिमा कारोना विरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु ,सुरक्षाकर्मीहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरु, पत्रकारहरु…
कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने
लुइभेल, केन्टकी / ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य तथा अमेरिकाको सरुवा रोगका विशेषज्ञ डा एन्थोनी फोसीले कोरोना भाइरस विरुद्धको खोप एक साताभित्र आउने वताएका छन् । यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो । सीएनएनको न्यु डे कार्यक्रममा वोल्दै डा।फौसीले सो खोप पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई दिइने पनि जानकारी गराए ।नेपलीजबाट
नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो
स्वास्थ्यसमाचार/बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको वताए । । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय…
कोरोना बिरुद्ध लडन स्वास्थ्यकर्मीहरुलाई तालिम दिंदै प्रदेश सरकार
स्वास्थ्यसमाचार/विश्वमा नै महामहारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडनका निम्त्ति प्रदेश नं. पाँच सरकारले भैरहवामा रहेको भिम अस्पताललाई आइसी यु र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको छ । तीस वटा वेड रहेको अस्पतालमा कोरोना विशेष उपचार वार्ड गरी ३५ बेड रहने गरी तयारी अन्तिम चरणमा पुगेको भिम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा.सुमित प्रजापतिले बताए । यो कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार तथा हेरचारह गर्ने गरी व्यवस्थापन गरिएको छ । अस्पतालमा उपकरण र मानवीय श्रोत भएपनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा संचालनको अनुभव…
सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने
स्वास्थ्यसमाचार /प्रदेश ५कां. मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजना बिषयमा सर्वदलीय बैठक राखेर जानकारी गराएका छन। प्रदेशमा तीन तहका सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म गरेका काम र योजनाका विषयमा जानकारी गराउदै उनले सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको जानकारी गराउँदै भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्ज र दाङ्गमा पनि परिक्षण…
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री बिच भिडियो सम्बाद
स्वास्थ्यसमाचार /प्रधानमन्त्रीले आज सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स गरी प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका काम बारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिएका छन। प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले जननिर्बाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताए । प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराए । उनले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार…