अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका अर्थोपेडिक सर्जन डाक्टरहरुको सञ्जाल नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार बुटवलमा भएको प्रथम बैठक तथा पदस्थापन कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय अध्यक्ष डा रविन्द्रलाल प्रधानले यस सस्थाले अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदानमा महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

डा प्रधानले उपचारमा आएको नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न यस एशोसियशनको मुख्य उदेश्य रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय महासचिव डा विनोद शेरचन, नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशका सल्लाहकार डा।किशोर खत्री ,बरिष्ठ उपाध्यक्ष डा जाविद अहमद खान, उपाध्यक्ष डा कृष्ण खरेल ,सह–सचिव डा सागर क्षेत्री पन्थी लगायतले आ–आफ्ना अनुभव र प्रविधिको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी च्याप्टरका अध्यक्ष डा राजेन्द्र सञ्जेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी च्याप्टरका महासचिव डा गोपाल प्रसाद ज्ञवालीको स्वागत र महेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल, भैरहवा, पाल्पा, देवदह लगाएत दाङमा कार्यरत अर्थोपेडिक सर्जनहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक :