तिलोत्तमाद्धारा उत्कृष्ट स्वास्थ्यकर्मि,स्वास्थ्य संस्था र स्वयम सेविकालाई सम्मान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरभित्र कोरोना रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे बापत १६बटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि, स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्यकर्मि र १७६ स्वास्थ्यस्वयम सेविकालाई पुरस्कार तथा सम्मान गरेको छ।

नगरपालिकामा आयोजीत एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे ,उपप्रमुख जगेस्वरी देभी चौधरी,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन ।

कोरोना महामारीमा रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे पुरस्कार तथा सम्मान गरेको नगरपालिका का प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वताए । उत्कृष्ट स्वास्थ्यकर्मि केशव भट्टराई र उत्कृष्ट स्वास्थ्य संस्था सेमराबजार स्वास्थ्य चौकी रहेको छ। नगरपालिकाले कोरोना महामारीमा बिभिन्न क्षेत्रबाट सहयोग गर्नेलाई पनि सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

सम्बन्धित शिर्षक :