टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?

स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ।

टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण देखिन्छन्। कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन सक्छन्।

यो रोगको संक्रमणपश्चात केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिस्कसम्बन्धी समस्याजस्ता जटिलता देखा पर्नसक्छन्।

खोप लगाएपछि कस्ता असर देखिनसक्छ ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य ९सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदि० असर हुनसक्छन् र यस्ता सामान्य असरहरु बिस्तारै आफैं ठीक भएर जान्छन्।

खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।

यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन। साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ।

तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ।

सम्बन्धित शिर्षक :