रुपन्देहीका २लाख ६६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

चन्द्रकान्त खनाल

स्वास्थ्यसमाचार १९ चैत्र/  रुपन्देहीमा टाइफाईड रोगविरुद्धको खोप चैत्र२२ गते देखी सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २लाख ६६ हजार ५सय १८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो।

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २२ देखी २८ सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए।

उनले खोप अभियान सफल बनाउन जिल्लामा स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको छ। यो खोप संञ्चालन गर्नको लागी १३सय ३३ स्वास्थ्यकर्मि २४सय ६८ स्वयमसेवक र ९ सय ६६ खोपकेन्द्र ९६६ शिक्षक ९६६ शिक्षीका १९८ स्थानीय सुपरिवेक्षण ११ सुपरिवेक्षण जिल्ला र ६ बटा सहयोगी संस्था रहेको शर्माले बताए।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार यो खोप एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको र एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने वताए ।

नेपालमा पहिलो पटक संञ्चालनमा आएको टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ। यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने प्रमुख ढकालले बताए ।उनले प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको वताए।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालका अनुसार टाइफाइड रोकथामका लागि यो खोप प्रभावकारी हुने विश्वास गरिएको छ। अहिले नेपालमा ‘हामीले १५ महिना पुगेका र १५ वर्ष ननाघेका सबै बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेका छौँ । यो उमेर समूहका बालबालिकाको संख्या करीब ७५ लाख रहेको वताए । अर्को महिना देखि नियमित खोपको सूचीमा टाइफाइडविरुद्धको खोप पनि थपिने खोप शाखा प्रमुख सागर दाहालले बताए ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइन्छ । टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।

टाइफाइ रोग भनेको के हो ?

टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोगको लक्षण के के हुन् ?

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसैकसैलाई पेट दुख्ने, पखला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो विमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको संक्रमणबाट केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्वन्धी जटिलता समेत देखा पर्न सक्छन् ।

सम्बन्धित शिर्षक :