स्वास्थ्यसमाचार / जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको पाँचौ साधारण सभा तथा तेश्रो अधिबेशनले संञ्चालक समितिमा अध्यक्ष मान ब श्रेष्ठलाई निर्बाचित गरेको छ । बुटबलमा हालै सम्पन्न प्रालिको तेश्रो अधिबेशनले श्रेष्ठलाई निर्बाचित गरेको हो ।
संञ्चालक समितिको उपाध्यक्षमा नारायण भण्डारी ,सचिव रमेश पान्डे ,सदस्यहरु सीता थापा जिबलाल भुसाल हिमाल खनाल रहेको निर्वाचन अधिकृत गुणानिधि खनालले बताए । बुटबलमा ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागानीमा २०७५ साल बैसाख ३० गते जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु थियो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यतामा यो ल्याब सञ्चालनमा आएको छ । ल्याबले सरकारको मुल्य–मान्यतामा आधारमा रहि मेडिकल ल्याबोरेटोरीको मुल्यमा सेवा उपलब्ध गराउदै आएको संञ्चालक समितिका उपाध्यक्ष नारायण भण्डारीले बताए ।
उनले जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिमा सबै सेवा उपलब्ध भएको वताए। रुपन्देहीमा पछिल्ला चरण ल्याब नयाँ अस्पताल थपिँदै गएका छन् ।
प्रतिकया दिनुहोस्