बुटबलमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई AHMIS तालिम

स्वास्थ्यसमाचार/  स्वास्थ्य सेवा वितरण प्रणाली र बिरामी हेरचाहका सबै कार्यहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली समन्धि ३ दिने तालिम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटबलमाAHMISआयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली प्रदेशका १२ जिल्लामा रहेका आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी लाई आयुर्वेद स्वास्थ्य व्यबस्थापन गर्नेको लागी सहज होस भन्ने उदेश्यका साथ तालिम दिईएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनालाल चौधरीले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा राम्रो काम सुरु भएको बताएका छन। राम्रो काम भएपनि अहिले सम्म डाटा ब्यबस्थापन राम्रो नभएकोले अहिलेको तालिम फलदायी हुने बताए ।

चौधरीले व्यबस्थापन सूचना प्रणाली तालिम लागु गरेपछि प्रदेश सरकारलाई निति नियम बनाउन  पनि सहज हुने बताए। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा पुष्पराज पौडेलले अहिलेको तालिमले स्वास्थ्यको गुणस्तर वृद्धिहुने बताए ।

उनले आयुर्वेद क्षेत्रलाई आबश्यक बजेट तालिम लगायका कुनैपनि कुराको अभाब नहुने गरि काम गरेको बताए । उनले प्रदेशमा रहेका सबै आयुर्वेदका स्वास्थ्यकर्मिहरु लाई यो आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली तालिम दिईने बताए ।

तालिममा सहभागी चिकित्सक डा नलिननाथ तिवारीले तालिम फलदायी भएको बताए । स्वास्थ्य निर्देशनालयका बरिष्ठ कबिराज गणेश सापकोटाको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमा २७ जना भन्दा बढी सहभागी रहेको सापकोटाले बताए ।

सम्बन्धित शिर्षक :