एन्टीबायोटीकको उच्च प्रयोगले यसरी खराब बनाउँछ मिर्गौलालाई

स्वास्थ्यसमाचार/ सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ ।

शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।

यस्ता एन्टीबायोटिक्सको अनावश्यक प्रयोगले मिर्गौलाई असर पार्ने गर्छ । लामो समयसम्म एन्टीबायोटिक्स औषधीको प्रयोग गर्नेहरुमा शरीरमा विभिन्न समस्या हुने सम्भावना उच्च हुने गर्छ । आखिर एन्टीबायोटिक्सले मिर्गालालाई कसरी असर गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि रोगको उपचारमा एन्टीबायोटिक्सको प्रयोग उच्च मात्रामा गरिन्छ । यसकै कारण टिवि जस्ता रोग भयावह हुने गर्छ । नेपालमा कति प्रकारका एन्टीबायोटिक्स प्रयोगमा छन्, त्यसको यकिन तथ्यांक छैन । तथापी, विश्व स्वास्थ्य संगठनले १६० प्रकारका एन्टीबायोटिक्सलाई मान्यता दिएको छ ।

मिर्गौलामा पर्छ गम्भीर असर 

लामो अवधीसम्म एन्टीबायोटिक्सको सेवन गर्ने मानिसको मिर्गौलामा गम्भीर असर हुने गर्छ । यसको सबैभन्दा ठूलो असर बालबालिकामा धेरै हुने गर्छ । लामो समयसम्म यस्ता औषधीको सेवनले मिर्गौलामा पथ्थरीको समस्या हुनसक्छ ।

विशेषगरी एन्टीबायोटिक्स औषधीमा सल्फोनामाइड ९एन्टीमाइक्रोवियल्स समूह यस्तो क्रिस्टल उतपन्न गर्छ, जो पिसाबमा घुल्दैन । र, मुत्रमार्गमा जम्मा भएर पथ्थरीको कारण बन्ने गर्छ भने वैकोमायसिनको कारण मिर्गौला सुन्निन सक्छ । यसबाहेक, एन्टीबायोटिक्स औषधीमा रहेको एमिनोग्लाइकोसाइड्स जस्ता टोब्रामाइसिनका कारण रेनल ट्यूबल सेल्स खराब हुनसक्छ ।

एन्टीबायोटिक्सका कारण हुनसक्ने पाँच समस्या

-भजाइलन संक्रमण हुनसक्ने खतरा

-रगतको थक्का बन्ने समस्या

-मुखको संक्रमण

-एन्टीबायोटिक्सको सेवनले पाचन तन्त्र कमजोर हुनसक्छ

-एलर्जी हुनसक्छ

एन्टीबायोटिक्स औषधी लिनु परेमा

कुनै दीर्घकालीन रोग वा गम्भीर रोगका कारण एन्टीबायोटिक्सको सेवन गर्नु परेमा यसको साथमा दही लगायतको प्रोवायोटिक्स फुड्सको सेवन गर्न जरुरी हुन्छ । ताकी शरीरमा राम्रो व्याक्टेरियाको कमी हुन पाउँदैन र पाचन प्रणाली प्रभावित हुन पाउँदैन । त्यसबाहेक एन्टीबायोटिक्सको सेवनका क्रममा पच्ने तथा हल्का किसिमको खानेकुरा खान आवश्यक छ ।

क्याल्सियम तथा आईरन चक्की लिनु हुँदैन

कुनै कुनै एन्टीबायोटिक्स क्याल्सियम, आइरन, भिटामिन तथा मिनरल्सको साथमा प्रभावकारी हुँदैन । यदी यस्तो भएमा औषधी सेवन गर्ने क्रममा क्याल्सियम तथा आइरनको सप्लिमेन्ट तथा क्याल्सियमयुक्त आहार लिनबाट जोगिनु पर्छ । साथै, एन्टीबायोटिक्सको सेवनको क्रममा वा त्यस पछि कयौ महिनासम्म पाचन तन्त्रमा नकारात्मक असर पर्न सक्ने हुदाँ यसबारे विशेष रुपले ध्यान दिन आवश्यक छ ।

सम्बन्धित शिर्षक :