कोरोना विरुद्धको लडाइमा सरकारले अपनायो ६ ‘टी’ को फर्मुला

स्वास्थ्यसमाचार/ कोरोना भाइरसको महामारीबाट लड्न सरकारले ६ ‘टी’ को रणनीति अगाडी सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सोमवार नयाँ वर्षको अवसरमा शुभकामना दिँदै कोरोना संक्रमणको लडाइका लागी सरकारले छ ‘टी’ को रणनीति अपनाएको बताए । उनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस माथी विजयी हासिल गर्नका लागी सरकारले अपनाएको छ ‘टी’ को बारेमा बताउँदै कोरोना भाइरस विरुद्धको यो लडाईमा सबै एकजुट हुनुपर्ने बताए । उनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसमाथी सिल गर्नका लागि सरकारले अपनाएको ६ ‘टी’ को बारेमा बताउँदै कोरोना भाइरस विरुद्धको यो लडाईमा सबै एकजुट हुनुपर्ने बताए ।…

दुईदिनमा ५ व्यक्तिमा कोरोना संक्रमण, संक्रमितको संख्या १४

स्वास्थ्यसमाचार/ कैलाली र रौतहटमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना भाईरस संक्रमणको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको पुष्टी गरे । डा. देवकोटाले रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको र उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको बताए । संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको बताए । उनी गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर गएकी थिइन्र दुई…

कोरोना आशंकामा भीम अस्पतालको आइसोलेसनमा एक पुरूष

स्वास्थ्यसमाचार/रुपन्देहीको मायादवी गाउँपालिका वडा नं १ का ५८ वर्षिय एक पुरुषलाई कोरोना भाईरस संग मिल्दोजुल्दो लक्षण देखिएपछि भैरहवास्थित भीम अस्पतालको आइसोलेशनमा कक्षमा भर्ना गरिएको छ । उनलाई विगत १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । सोमबार स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई भिबर क्लनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस को मिल्दोजुल्दो लक्षण देखिएपछि भिम अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए । कोरोना संक्रमित भएको हो/होइन् त्यो पुष्टि गर्नका लागि ती…

प्रकोप व्यवस्थापन कोषमा काँग्रेस तिलोत्तमाद्धारा २ लाख १ हजार सहयोग

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले २ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टीले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो । नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस  को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरिएको बताए । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको…

प्रदेश ५को कोरोना उपचारकोषमा निर्माण व्यवसायी संघको १३ लाख सहयोग

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १३ लाख रुपैया सहयोग गरेका छन् । उक्त रकम नेकपा.रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टीका उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख गोपाल राना र नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर बैशाख १ गते हस्तान्तरण गरेका हुन । मुख्यमन्त्री कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा नेकपा.रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी…

महामारी अन्त्यका लागि सबैको साझेदारी आवश्यक :प्रधानमन्त्री

स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन् । उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्ति गर्दै वर्तमान अवस्थामा विश्वमा फैलिएको महामारीबाट लड्न सबैको साझेदारी आवश्यक रहेको उल्लेख गरे । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने र रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै निकै नै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्ष २०७७ को स्वागत गर्नुपरेको भन्दै…

स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको…

बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको आईसियु निमार्ण

स्वास्थ्यसमाचार/ बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको बुटवलको आईसियु निमार्ण भएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा (आईसियु) निर्माण गरिएको हो । आईसियु स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसूयीका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर,८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ । आईसियुनिमार्णपछि मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।   बुटवल उपमहानगरपालिकाको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नं १० रामनगर स्थीत औद्योगिक क्षेत्रमा बन्द…

कोरोनाविरुद्ध नयाँ बर्षको १ मिनेट तालि बजाएर सम्मान

स्वास्थ्यसमाचार/ विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सामुहिक रुपमा उत्रिनका लागि नेपालमा कार्यरत विभिन्न संघ संस्थाहरुले सामुहिक आव्हान गरेका छन् । नयाँ वर्ष २०७७ को शुभारम्भसँगै बैशाख १ गते बिहान ६ बजेको समयमा १ मिनेट तालि बजाएर सामुहिक रुपमा एक्यबद्धता जनाउनका लागि विभिन्न संघसंस्थाहरुले सबैलाई आग्रह गरेका हुन । यसरी आग्रह गर्नेमा नेपाल पत्रकार महासंघ,गैरसरकारी संस्था महासंघ नेपाल,लगायत विभिन्न महासंघ,संजाल र नागरिक संघ संस्थाहरुले आव्हान गरेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जिताराम लामाले बताए । विश्वमा फैलिरहेको महामारी विरुद्ध नेपालमा अग्रपंक्तिमा कारोना विरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु ,सुरक्षाकर्मीहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरु, पत्रकारहरु…

कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने

लुइभेल, केन्टकी / ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य तथा अमेरिकाको सरुवा रोगका विशेषज्ञ डा एन्थोनी फोसीले कोरोना भाइरस विरुद्धको खोप एक साताभित्र आउने वताएका छन् । यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो । सीएनएनको न्यु डे कार्यक्रममा  वोल्दै डा।फौसीले सो खोप पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई दिइने पनि जानकारी गराए ।नेपलीजबाट