रुकुम (पूर्व) अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट जन्मियो बच्चा

स्वास्थ्यसमाचार / रुकुम (पूर्व) जिल्लामा पहिलो पटक महिलाको शल्यक्रिया गरी बच्चा जन्माएकी छिन्।जिल्लाको भुमे गाउँपालिका की १८ बर्षीय महिलाको ४२ हप्ता १ दिनको बच्चा शल्यक्रिया गरी निकालिएका हो।

रुकुम (पूर्व) जिल्ला अस्पतालका डा नारायण बरालका अनुसार भुमे गाउँपालिका की १८ बर्षीय महिला सुत्केरीबेथा लागेको र बच्चा नर्मलतरिकाले नजन्मिएपछि उनको शल्यक्रिया गरी बच्चा निकालिएको छ यो जिल्लाको पहिलो भएको बताए।

उनले अब अस्पतालमा हाईड्रोशिल हर्निया तथा ईर्मेजेन्सी सेवा उपलब्ध हुने बताए । जिल्ला अस्पतालमा एमडी जिपी विशेषज्ञ सहित ६ जनाको टोली निकसाईम्सले उक्त अस्पतालमा पठाएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार नियोजन अधिकृत कौसल भन्डारीले जिल्लामा पहिलो पटकयो सेवा सुरु भएको बताए ।हिमाली र दुर्गम रुकुम (पूर्व) यो सेवा उपलब्ध गराएपछि बिरामीलाई सहज हुने वताए ।

अब सेवा सुरु भय पश्चात सुत्केरी हुन नसकेर रुकुम बाट दाङ रिफर गर्न नपर्ने भयका पनि भन्डारीले बताए। उनले जिल्ला लाई प्राथमिकतामा राखेर एम्बुलेन्स लगायतका उपकरण उपलब्ध गराइएको वताए ।

सम्बन्धित शिर्षक :