लुम्बिनीमा ४ हजार ३ सय बढी एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

स्वास्थ्यसमाचार / ३५ औ विश्व एचआईभी एड्स दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । विश्वभर मनाईने यो दिवसमा रुपन्देहीमा अन्तरक्रिया, प्रभातफेरी सहितका कार्यक्रम गर्न लागिएको हो ।

सोही अनुसार बुधवार बुटवलमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । विश्व एड्स दिवसको पुर्व सन्ध्यामा आयोजना गरिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक संस्था स्वाथ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मान बहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुको संख्या घट्दै गएको बताए ।

लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरुको संख्या रहेको जानकारी दिदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारीतथा गैर सरकारीसंस्थाहरुको सहयोगमा जनचेतना अभिवृद्धि सहितका कार्यक्रमले गर्दा यसको संक्रमण विस्तारै घट्दै गएको बताएका थिए ।

नेपालमा हाल ३० हजार भन्दा बढि संक्रमितहरु रहेको भन्दै उनीहरुको उपचारको लागि एआरबी. सेवा लिनेहरुको संख्या पनि विस्तारै बढ्दै गएको उनको भनाई रहेको छ ।एचआईभी एड्स संग काम गर्दै आएको सेभ द चिल्डे«न्सका फोकल पर्सन मिम बहादर सिं का अनुसार रुपन्देही जिल्लामा १ हजार ४ सय ८७ जनाले नियमित रुपमा उपचारमा रहेका छन् ।

उनीहरुको बेला बेलामा रगत संकलन गरी भाईरल लोडको अवस्था जाँच गरी सोही अनुसारको उपचार विधि अबलम्बन गर्दै आईरहेको छ ।उनले लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा १२ संक्रमित आमाबाट समेत बच्चा जन्माउन सफल भएको समेत जानकारी दिए । सन् २०२१ को अन्तसम्म संसारमा ३ करोड ८४ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।

सन्२०२१ मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन्१९९६ को तुलनामा ५४ प्रतिशतले घटेको छ । सन्१९९६ मा ३२ लाख नयाँसंक्रमण थियो ।सन्२०२१ मा १ लाख ५० हजार बच्चाहरुमा नयाँसंक्रमण भएको अनुमान गरिएको छ । जुनसन्२०१० को तुलनामा ५२ प्रतिशतले घटेको छ । सन्२०१० मा ३ लाख २० हजार बच्चामा नयां संक्रमण भएको अनुमान थियो ।

सन्२०२१ मा मात्रै करीब ६ लाख ५० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएकोअनुमान छ, जुन सन्२०१० को तुलनामा ५२ प्रतिशतले कम हो । सन्२०१० मा १४ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।सन्२०२१ मा १४ हजार बच्चाहरुमा नयाँसंक्रमण भएको अनुमान गरिएको छ । जुन सन्२०१० को तुलनामा ३३ प्रतिशतले घटेको छ । सन्२०२१ मा २ लाख ६० हजार नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन्२०१० को तुलनामा २१ प्रतिशतले घटेको छ ।

सन्२०२१ मा मात्रै १ लाख ४० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ । सन्२०१० र २०२० सम्ममा ५५ प्रतिशतले घटेको छ ।एचआईभी संक्रमित महासंघ लुम्बिनी प्रदेशका सुपरभाईजर अर्जुन ज्ञवालीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुमा अन्य रोगहरु समेत देखिने समस्या आएको भन्दै उनीहरुको पनि सहज उपचारको लागि सरकारी निकायबाट ध्यान जानुपर्ने बताउँछन् ।

उनले पछिल्लो समयमा दातृ निकायको सहयोग समेत घट्दै गएको कारण पनि एचआईभी संक्रमितहरुको उपचार सहित दैनिक जीवन यापनमा समेत समस्या आएको भन्दै राज्यबाट उचित संवोधन हुनपर्ने माग समेत गरे ।

सन्२०२१ मा ६८० व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमानगरिएको छ जुन सन्२००० को तुलनामा ८४ प्रतिशतले घटेको छ । सन्२००० मा ४ हजार ३ सय ७० व्यक्तिहरुमा नयां संक्रमण अनुमान गरिएको थियो ।

विश्व एड्स दिवसको अवसरमा विहिबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट जनचेतना सहितको ¥यालीले बुटवलका विभिन्न स्थानको परिक्रमा गर्ने समेत जनाइएको हो । स्वस्थ्य निर्देशनालयका  एचआईभी फोकल पर्सन  खिमलाल पान्डेले जनचेतनामुलक ¥याली विहिबार विहान ७ बजे देखि सुरुवात हुने समेत जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :