अर्घाखाचीमा ११ सय बढीलाई विशषज्ञ चिकित्सक सेवा

स्वास्थ्यसमाचार/ रोग लुकाएर बस्ने ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई सचेतना जगाउने र सेवा दिने उद्येश्यका साथ दुई दिने निशुल्क विशेषज्ञ सेवा दिईएको छ । सामान्य उपचार बाहेकका सेवा पाउन टाढा धाउनुपर्ने सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाँच, औषधी, परामर्श दिईएको हो ।

सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासीय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घरोगीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए ।

‘नगरपालिकामा नै पहिलोपटक विशेषज्ञसहितको ठुलो शिविर गरेका छौ’– उनले भने । दक्ष जनशक्ति र अस्पतालमा विशेषज्ञ सेवाबाट बन्चित भएका बिरामीहरुलाई दुई दिनमा आवश्यक सेवा दिन सफल भएको उनले दाबी गरे । नगर कार्यपालिकाबाट कार्ययोजना बनाएर शिविर संचालनको शुरुवात गरेको भन्दै उनले संघ र प्रदेश सरकारसंग समन्वयन गरि जिल्ला अस्पतालमा स्तरवृद्धि समेत गर्ने बताए । नगरपालिकाको वडा नं १ देखि १२ सम्मका स्थानियलाई दुई दिनसम्म ब्यवस्थापन गरि सेवा दिईएको उनले बताए । युवादेखी वृद्धसम्मका धेरै उपचार लिन शिविरमा आएको उनले बताए ।

अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण क्षेत्रको आवश्यकतालाई पहिचान गरि निशुल्क स्वस्थ्य शिविर तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । अर्घाखाँचीका स्थानीयहरुले विशेषज्ञ सेवाबाट बन्चित भईरहेको बेला स्थानिय पालिकासंग समन्वय गरि सेवा दिन सफल भएको उनले बताए ।शिविरमा १ हजार एक सय जना बिरामीहरुले सेवा लिएको उनले बताए ।

न्युरोसर्जन डा केआई सिह, मुटुरोग विशेषज्ञ डा विजय यादव, जनरल फिजिसियन डा सरोज थापा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुनिल कुमार चौधरी, स्त्री तथा प्रसुति विशेषज्ञ डा ज्योती श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा मन्जिल मल्ल, युरो सर्जन डा प्रेमराज सिग्देल, मानसिक तथा नशा रोग विशेषज्ञ डा विनिता रेग्मी, नाककानघाटी रोग विशेषज्ञ डा महेश पोख्रेल, छाला योन तथा कुष्ठरोग विशेषज्ञ डा मनोज सापकोटा, रेडियोलोजिष्ट डा सुरेन्द्र रायमाझी, बाल तथा शिशु रोग विशेषज्ञ डा मौसम श्रेष्ठसहित मेडिकल अफिसर, स्टाफ नर्स तथा ल्याब स्टाफहरुबाट सेवा दिईएको उनले बताए ।

यसैगरी शिविरमा ३ सय ६० जनाको मधुमेह, १ सय २० लिक्युट प्रोफाईनल, १ सय जनाको युरिन आरएफ, १ सय ७५ पिएफटि, २ सय २० भिडियो एक्सरे, १ सय ५ जनाको ईसिजि गरिएको उनले बताए । दुई दिनको शिविरमा प्राविधिक जाचमा ७ लाख र औषधी ७ लाख रुपैया बराबरको सेवा दिएको उनले बताए ।

 

सम्बन्धित शिर्षक :