चीनमा आउँदो जनवरी ८देखि विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने

एजेन्सी /चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो ।

चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो ।

कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ ।

सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वरेण्टीनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो । यस्तै, चीनले कोभिड बारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ । चीनमा हरेक दिन कोभिडका कारण हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षक :