स्वास्थ्यसमाचार / काठमाडौं प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला…
समाचार
भिम अस्पतालमा आकस्मिक भवनको मूख्यमन्त्री पोखरेलद्धारा उद्घाटन
स्वास्थ्यसमाचार /लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवन भिम अस्पताललाई हस्ताण्तरण गरे । मूख्यमन्त्री पोखरेलले बिभिन्न चन्दा आतंकबाट पिडित भएको गुनासो गर्ने ब्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे । भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए । कोभिडले राज्यको स्वास्थ्य संस्थाहरुको अवश्था छताछुल्ल बनाई दिएको स्विकार गरे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्ने पर्ने आवश्यकता औल्याउदै उनले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने बताए…
१५ सय बढी स्वास्थ्यका कर्मचारीको समायोजन मिलान
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।
वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय
स्वास्थ्यसमाचार/ पछिल्ला दिनमा वायु प्रदूषण बढ्दै गएपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए। बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल…
चिनबाट नेपाल आइपुग्यो कोरोना विरुद्धको ८ लाख डोज खोप
स्वास्थ्यसमाचार/ चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन् ।चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो। खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। चिनियाँ राजदूत यान्छीले यो खोप ८०…
धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल
डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…
नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
स्वास्थ्यसमाचार/ मस्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । अघि बेलुका ८ . २४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा लगि उपचार गरिएको थियो । नर्भिक अस्पतालको विज्ञप्ती कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज शुक्रबार निधन भएको छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजशुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको…
वेलहियानाकामा हेल्थ डेस्क राखेकै दिन भेटीए कोरोना पोजिटिभ
स्वास्थ्यसमाचार/ नेपाल भारत सीमामा हेल्थ डेस्क राखी एन्टीजेन परिक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउदै गरेका एक जना कामदारलाई कोरोना पोजेटीभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको उद्योगमा काम गर्न आई रहेका भारत राजस्थान बस्ने एक जना पुरुषलाई पोजिटिभ देखिएको वताए । स्वाबको माध्यमबाट परिक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको डा गिरीले बताए । आधा घण्टामै नतिजा आउने यो परिक्षणबाट पोजिटभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आईसोलेसनमा राख्ने गरि जिम्मा दिईने उनले बताए ।आज…
नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र बर्दियामा स्थापना
स्वास्थ्यसमाचार /बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए । उनले भने, “टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन । ” सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र…
महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे
महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे . १. लकडाउनबारे – लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ | यो सहि हैन | सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन | संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ | पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन | हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन | २. खोपबारे – यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ | त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ | भारतले अप्रिलमा १० लाख डोज ( नेपालले…