घटयो कोरोना त्रास

बुटवल /२०७७ सालमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाका कारण गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । त्यो समयमा रुपन्देहीमा अरु करिव एक दर्जन व्यक्तीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

ओमसतियाँका उनी आफ्नै घरमा नै (होमआईसोलेसन) मा बस्ने निर्णय गरे । सरकारले पनि उनले निर्णय गर्नु भन्दा केही दिन मात्रै संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार उनले आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको यो निर्णय समाजले रुचाएन ।

कोरोना लाएको घर भन्दै समाज, छरछिमेकी तथा टोल विकास समितिका व्याक्तिहरुले समेत उनले कोरोना फैलाउने र आफुहरु पनि असुरिक्षत हुने भन्दै घरमा बस्न नदिने निर्णय गरे । कतिपय ले उनलाई तुच्छ शब्द प्रयोग गरी गाली गरे । कतिपयले प्रहरी समेत बोलाए र उनको मनोबल गिराउने काम गरे ।प्रहरी प्रशासनमा समेत स्थानियहरुले दबाब दिएपछि प्रहरीबाट पनि उनलाई घरमा बस्न नदिनको लागि कयौं प्रयत्न भए । तर उनले घर छाडेनन । १९ दिन पछि उनी कोरोना जित्न सफल भए ।

यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । वि.स. २०७८ साल सम्ममा कोरोना संक्रमित भएका व्याक्तिहरुलाई समाज, परिवार तथा अन्य व्याक्ति हरुले समेत हेर्ने दृष्टिकोण फरक थियो । गत बर्ष कोरोना संक्रमण बाट विजयी प्राप्त गर्न सफल भएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का एक महिलाको अनुभव छ –‘कोरोना लागेकोमा अपराध नै गरेको जस्तो गर्ने गरी व्यवहार गाउँ, छर छिमेकबाट भएको थियो, तर अहिले त्यसो छैन । ’

अघिल्लो बर्ष कोराना लागेको व्याक्तिको घर नै सिल गर्ने, वाहिर व्याक्ति वा त्यो बाटो नै प्रयोग गर्न नदिने लगएत ‘यो कोरोना संक्रमितको घर हो ’ भनेर सूचना नै टास्ने काम भएका थिए । तर २०७८ मा दोस्रो लहरको कोरोना शंक्रमण पश्चात त्यो लान्छना कम हुदै यो । अहिले यस्तो देखिन्न ।
पछिल्लो समयमा कोरोना लागेकाहरुलाई आम मानिसहरुको सोँचाईमा अहिले परिवर्तन आएको छ ।

खासगरी कोरोना पनि एउटा भाईसरको कारणले लाग्ने रोग हो भन्ने धारणा विस्तारै विकास भएको कारण अहिले स्थिति समान्य भएको हो ।विगतका बर्षहरुमा कतिपय व्याक्तिहरुले कोरानालाई प्राचिन कालमा प्रयोग गरिने कुष्ठी प्रभावित व्याक्तिहरुको भाषा (कोर भएको) समेत भन्ने भ्याएको स्मरण गर्दै रुपन्देहीमा विगत लामो समय देखि समाजसास्त्र विषयको अध्यापन गराउदै आएका लेखनाथ खनालले कोरोना भएका व्याक्तिहरुलाई हेर्ने दृष्टिकोणमा ठुलो फरक आएको बताउँछन् ।

बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र संकायका प्राध्यापक खनालका अनुसार सुरुवाती दिनमा मानिसहरुमा कोरोनाको जस्तो प्रकारको त्रास थियो त्यो कम हुदै आएको छ । मानिसको मानविय स्वभाव नै पहिलो पटक देखा परेको वा पहिलो पटक भोगीएको देखिएको कुरामा बढि भन्दा बढि सजगता देखाउने , त्रास पैदा हुने भएको कारण कतिपय समयमा नराम्रो लान्छना समेत लाउने गरेको बताउँछन् ।

कोरोना प्रभावित व्याक्तिहरु मात्रै होईन, कोरोना संक्रमितहरुको सेवामा लाग्ने व्याक्तीहरुलाई समेत समाजले राम्रो दृष्टिकोणबाट हेर्ने गरेको छ । खसागरी गत बर्ष केही स्वास्थ कर्मी, चिकित्सकहरुलाई समेत भाडामा बस्दै आएको बेला भाडाको घरमा नआउनको लागि घरबेटीहरुले नै आग्रह गरेको लगायतका कुराहरु समेत आएका थिए ।

जसको कारण कोरोना प्रभावितको उपचारका लागि सेवामा लाग्ने चिकित्सक तथा स्वाथ्य कर्मीहरुको लागि १४ दिन अस्पतालमा र १४ दिन आईसोलेसनमा बस्ने व्यवस्था समेत लुम्बिनी प्रदेश सरकारले गरेको थियो । जसको लागि चिकित्सक तथा स्वाथ्यकर्मीहरुको लागि होटलमा समेत बस्ने व्यवस्था गरीएको थियो ।

नेपाल नर्सिङ्ग एशोसीयशन रुपन्देहीका अध्यक्ष हिरा केसीका अनुसार कोभिड प्रभावित व्यक्तिहरुको सेवामा लागेका कतिपय स्वास्थ्यकर्मि हरु लाई घर वेटीहरुबाट समेत नराम्रो व्यवहार हुने गरेको थियो ।

आफ्नो घरमा नै करिव १० देखि १२ जना स्वास्थ्य पेशामा आवद्ध कोरोना विशेष अस्पतालमा काम गर्ने व्याक्तिहरुलाई भाडा मा दिदै आएकी उनलाई केही छिमेकीहरुले समेत नराम्रो दृष्टिकोणबाट हेरेका थिए ।उनलेकोरोना कहरमा स्वास्थ्य पेशामा आवद्ध व्यक्तिहरुलाई गरेको व्यवहारको विषयमा नेपाल नसीङ्ग एशोसीयसनमा उजुरी समेत दिएकी थिईन ।

कोभिडको विरामीको सेवामा लागेकै बखतमा आफ्नै घरको छतमा बस्दा समेत छिमेकीहरुले देखे भने लुक्ने, फोनमा भने पटक पटक कुरा गर्ने तर बाटोमा देख्दा वा भेट्दा समेत नबोल्ने गरेको उनको तीतो अनुभव रहेको छ । तर यो पछिल्ला बर्षयता भने यस्तो कुनै नराम्रो व्यवहार भोग्नु नपरेको उनको अनुभव छ ।

नर्सीङ्ग एशोसीयसन नेपाल रुपन्देहीमा अहिले करिव ३ सय भन्दा बढि आजीवन सदस्य छन् । अध्यक्ष केसी भन्छीन–‘पछिल्लो समयमा हामी प्रति हेर्ने दृष्टिकोणमा परिर्वतन आएको छ, जुन सकारात्मक पक्ष हो । ’लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्जार्च ज्योति पौडेलको पनि अनुभव कोराना समयको अझै पनि ताजा छ । उनी काखे नानीकी आमा र कोरोना कहरको सामना गर्दै उपचारमा लागेकी थिईन ।

अस्पतालकी नर्सिङ प्रमुख रहेकी पौडेलले पेसागत रूपमा बिरामीको उपचार, स्याहार र हेरचाह उनको पहिलो जिम्मेवारी अनुसार काम गरेकीथिईन । समाजबाट हेर्दे दृष्टिकोण समेत त्यो बेलामा फरक भएको उनको स्मरण छ ।आफै कोरोना संक्रमित भएकी उनले पटक पटक विरामीको मृत्यु देखेकी छिन् । कोरोनाकै कारण मृत्युबरण गर्ने अवस्था नआउन दिनको लागि उनको समुहले पटक पटक हदै सम्मको प्रयासहरुसमेत गरेका थिए ।

कतिपय पालिकाहरुमा संक्रमितको घरमै पुगेर जनप्रतिनिधिहरुले मास्क औषधि वाढेका थिए ।उपमहानगरपालिका सहित अन्य पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले कोरोना शंकमण लाई कम गर्ने विभिन्न प्रकृृतिका शक्तिबर्दद्धक आर्युवेदीक औषधी समेत वितरण गरेका थिए ।

पछिल्लो बर्षमा मान्छेको संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । मानिसले रोग प्रतिरोधी खोप समेत लगाएका छन् । अर्कोतर्फ मानिसका विचमा समान्यतया स्वाथ्य सर्तकता अपनाएमा कोरोना सर्न बाट रोक्न सकिन्छ भन्ने धारणा समेत रहेको छ ।यसको अलवमा कोरो संक्रमित भएर मानिसको मृत्यु हुन्छ भन्ने भ्रम विस्तारै चिरिदै गएको समेत पाइएको छ ।जसको कारण कोरोना जितेर आएका मानिसहरुको अनुभवले समेत कोरोना संक्रमण ठुलो कुरा नभएको बताउँदै आएका छन् ।

जसले गर्दा पनि मानिसले एक अर्कोलाई कोरोना संकमितलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आएको भन्न सकिन्छ ।खोप विकास भएको परिपेक्ष्यमा मानिसहरुले पहिलो दोस्रो र बुस्टर डोज समेत खोप लगाएका छन् । जसले गदाई कोरोना संक्रमण हुने संभावना सभेत कम भएको छ ।पछिल्लो समयमा कोरोना संक्रमण शुन्य जस्तै छ । पछिल्लो समयमा विकास भएको कोभिड भ्याक्सीनले समेत मानिसहरुको सरिरमा रोग प्रतिरोध सक्ती पैदा गरेको कारण पनि मानिस संक्रमित भएका छैनन ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा ३८ हजार ८सय ५१ जनालाई कोरोना संक्रमण भएको थियो । त्यस मध्ये ९ सय ८६ जनाको मृत्यु भएको तथ्यांक कार्यालयमा छ ।अहिले जिल्लामा सबैले कोरोना बिरुद्धको खोप लगाएका छन । अहिले जिल्लामा कोरोनाको अबस्था शुन्य रहेको अधिकृत शर्माले बताए ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार अहिले कुनैपनि जटिल अवस्था छैन । कोरोन कालमा स्थापना भएका विभिन्न स्वाथ्य संरचनाले अवको कुनै समयमा आउने महामारीलाई समेत थेग्न सक्ने उनको भनाईछ । अहिले जिल्लामा अक्सीजन प्लान्ट स्थापना भएका छन् । जसको कारण पनि थप भैपरी आउँदा सहज हुने उनको भनाई छ ।

कोरोना कहरलाई अन्त्य गर्नको लागि विभिन्न दातृ निकाय, सहयोगी मनहरुको सहयोगमा विभिन्न स्थानमा अस्पताल, होल्डीङ्ग सेन्टर, क्वारेन्टाइन समेत निर्माण गरिएको थियो । जसले पनि उपचारमा सहजता ल्याएको हो ।कोरोना भाइरसका कारण लुम्बिनी प्रदेशमा २ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी तथा आयुर्वेद चिकित्सक डा.पुष्पराज पौडेलले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसको पहिलो लहर (२०७८ फागुन मसान्तसम्म) चार सय ५ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा एक हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ ।

 

सम्बन्धित शिर्षक :