स्वास्थ्य मन्त्रालय हाल प्रधानमन्त्री पुष्पकमल दाहाल संगै

स्वास्थ्यसमाचार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयतताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

प्रचण्ड आइतबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्रीसँगै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार, नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भएका छन्। यस्तै दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि सोमबार नै मन्त्रीको शपथ लिएका छन्। उनीहरुको जिम्मेवारी भने तोकिएको छैन।

स्वास्थ्यमा नयाँ मन्त्रीका रुपमा सोमबार कसैले पनि जिम्मेवारी पाएका छन्। मन्त्रालयका विषयमा सत्ता साझेदार दलहरुसँग छलफल नै बाँकी रहेकाले हाललाई स्वास्थ्य मन्त्रायलको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले नै लिएका छन्।

सम्बन्धित शिर्षक :