युनिभर्सल मेडिकल कलेजमा पाठेघरबाट निकालियो १२ किलोको ट्युमर

स्वास्थ्यसमाचार /युनिर्भसल मेडिकल कलेज , भैरहवामा पाठेघरको शल्यक्रिया गरि १२ किलोको ट्युमर निकालिएको छ । वाग्लुङ्ग जिल्ला तमानखोला गाउँपालिका वडा नं ३, तमान स्थायी घर भएका वर्ष ४० कीे पुर्णिमा रसाइली लामो समयदेखि पेट दुख्ने, फुल्लिदै जाने, कुनै पनि काम गर्न ग्राहृो हुने समस्याबाट ग्रसित भए पछि उपचारको क्रममा विभिन्न जाँचहरु पश्चात् शल्यक्रिया गरि उक्त ट्युमर निकालिएको र हाल विरामीको अवस्था सामान्य रहेको छ ।

उक्त शल्यक्रिया महिला तथा प्रसुती रोग विशेषज्ञ प्रा डा बेखालक्ष्मी मानन्धर, डा.मनोज लम्साल, डा तारा के.सी  डा.हसिना बानो, शल्यक्रिया रोग विशेषज्ञ डा.राजेश पौडेल र एनेस्थेसिया विभागका डा.रेजिन कुमार उदय सहभागी हुनुहुन्थ्यो ।

साथै नर्सिङ्ग कर्मचारीहरुमा रोशनी गुरुङ्ग, एलिना खड्का, लव थापा र सन्जु चिढी संलग्न थिए ।महिला तथा प्रसुती रोग विशेषज्ञ डा.मनोज लम्सालका अनुसार विरामीको बायोप्सी रिपोर्ट पनि सामान्य रहेको र विरामी पहिला जस्तै सामान्य अवस्थामा फर्किएको बताउनुभयो ।

विरामीको आर्थिक अवस्था कमजोर रहेकोले लाग्ने उपचार खर्चमा अस्पताल प्रशासनले उल्लेखनीय मात्रामा सुविधा दिएको अस्पतालका सुचना अधिकार सुशील गुरुङ्ले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित शिर्षक :