गुल्मीको चन्द्रकोटमा निःशुल्क स्वास्थ्य शिविर १६सय २३को उपचार

स्वास्थ्यसमाचार /चन्द्रकोट गाउँपालिकाले संञ्चालन गरेको निःशुल्क बृहत स्वास्थ्य शिविर मा ११०६महिला र ५१७ पुरुष गरि १६सय२३को उपचार गरिएको छ। गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष युबराज केसीले बताए ।

स्वास्थ्य नै धन हो, रोगलाई समयमै पहिचान गर्न सके धेरै नागरिकहरुको स्वास्थ्य जोखिम कम गर्न सकिने उद्देश्यका साथ सञ्चालित निःशुल्क बृहत स्वास्थ्य शिविरमा मुटु रोग, मृगौला रोग, सामान्य चिकित्सा, स्त्रीरोग, आँखा सम्बन्धी रोग जसमा महिला ११०६ जना पुरुष ५१७ जना कुल १.६२३ जना जसमा बिरामीहरुको विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच, उपचार तथा निःशुल्क औषधि वितरण समेत गरिएको केसीले बताए। स्वास्थ्य शिविरमा मुटुरोग सम्बन्धी चेक जाँच तथा उपचार, आखाँ जाँच तथा शल्यक्रिया र उपचार, मृगौला सम्बन्धी जाँच तथा उपचार र स्त्री रोग सम्बन्धी जाँच तथा उपचार गरिएको थियो।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा एकीकृत जनस्वास्थ्य अभियान अन्र्तगत पाठेघरको मुखको क्यान्सर जाँच, सेतो पानी बग्ने समस्याको उपचार, पाठेघर खसेकोमा रिङ्ग पेसरी राख्ने, आइ.यू.सि.डि. र इम्लान्ट राख्ने लगायतका सेवा तथा सुविधा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ।
स्वास्थ्य शिविरमा बिशेषज्ञ डाक्टर मन बहादुर केसी वरिष्ठ मृटृरोग बिशेषज्ञ, डाक्टर गौरव पन्थ वरिष्ठ मृगौलारोग बिशेषज्ञ, डाक्टर नन्दु पाठक वरिष्ठ जनरल फिजिसीयन बिशेषज्ञ, डाक्टर गोविन्द प्रधान जनलर फिजिसीयन डाक्डरहरुबाट बिरामीहरुको चेकजाँच गरिएको थियो ।

गाउँपालिका कार्यपालिकाको भवनमा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा आवश्यक पर्ने सबै औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको गाउँपालिका अध्यक्ष केसीले बताए ।वृहत स्वास्थ्य अभियानमो नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौड्याल साझा स्वास्थ्य सेवाको महाप्रबन्धकमा चुडामणी भण्डारी नेत्रज्योति संघका महासचिव भरत चन्द गाउँपालिका उपाध्यक्ष वडाध्यक्ष एवम् कार्यपालिका सदस्य महत्वपुर्ण सहगोग भएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

गाउँपालिका अध्यक्ष युबराज केसीले एक बिज्ञेप्ती जारी गरि सहयोग गर्ने रेडक्रस सोसाईटी, लायन्स क्लब, उदय शान्ति युवा क्लव, उदय माध्यमिक विद्यालय तथा विभिन्न महिला समुहबाट खटिने स्वयंसेवक साथीहरु, शिविरमा विशेषज्ञ डाक्टरहरु सहित प्राविधिक सहयोग गर्नुहुने शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज, पाल्पा, देवदह मेडिकल कलेज।

रुपन्देही, स्वास्थ्य कार्यालय गुल्मी, नेपाल नेत्रज्योति संघ, गुल्मी, कार्यक्रममा प्राविधिक सेवा उपलब्ध गराउने सि.एण्ड.सि, स्वास्थ्य सेवा शान्तिपुर, नि शुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य सेवा विभाग काठमाडौं, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी, लायन्स विष्णु भण्डारी काठमाडौं, सत्यवती मेडिको कन्सर्न प्रा. लि. तम्घास, नेपाल फार्मेसिटिक ल्याब प्रा. लि. विरगंज लगायत सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

साथै यसै अवसरमा आफ्नो पेशाको माध्यमबाट सूचनाको प्रवाह, जानकारी, प्रचारप्रसार गर्न सहयोग गर्नुहुने क्रियाशिल पत्रकार विभिन्न सञ्चारकर्मी साथीहरु लगायत यस पुनित कार्यमा प्रत्यक्ष अप्रत्यक्ष र अन्त्यमा शिविर भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार प्रकट गर्दै यसको माध्यमबाट सिकाई ग्रहण गर्दै आगामी दिनमा समेत यी र यस्तै कार्यहरु गर्न सिङ्गो गाउँपालिका प्रतिवद्ध रहेको जानकारी गराउँदछौं केसीले भनेका छन।

 

सम्बन्धित शिर्षक :