नेपाल अर्बुद रोग निवाहरण संस्था रुपन्देहीको सभापतिमा हमाल

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देहीको सभापतिमा खिमबहादुर हमाललाई चयन गरिएको छ । जिल्ला शाखा रुपन्देहीको बिहिबार बुटवलमा सम्पन्न पाँचौ अधिवेशनले हमालको अध्यक्षतामा सर्वसम्मत १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

तीन वर्षे कार्यकालको लागि नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, सुरेन्द्रमुनी शाक्य, प्रजापाल गिरी, वीना न्यौपाने, डा. कमल भुसाल (निकोलस), पुनम पौडेल, रमेशकुमार पराजुली, ईन्दिरा पाण्डे, बाबुराम विक, निमा थारु, उमादेवी थापा र चोला पाठक निर्वाचित हुनु भएको निर्वाचन अधिकृत लोकप्रसाद खरेलले जानकारी गराउनु भयो ।

त्यस्तै निर्मलप्रसाद लाकौल, भिमप्रसाद तुलाचन, मधुसुदन गैरे, रोहितराज क्षेत्री र ईरादेवी थैवलाई सल्लाहकार चयन गरिएको छ । उपसभापति, सचिव, कोषाध्यक्ष पदाधिकारी भने कार्यसमिति बैठकले चयन गर्ने छ । त्यस्तै २ जना कार्यसमिति सदस्य पनि सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था रहेको अध्यक्ष हमालले बताउनु भयो ।

नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देही शाखा स्व. सुर्यप्रसाद प्रधानको नेतृत्वमा २०५३ सालमा स्थापना गरिएको थियो । उहाको निधनपछि २०७९ यता यो संस्था निश्कृय जस्तै भएको थियो । यो अधिवेशनले संस्थालाई पुनःजीवन प्राप्त भएको निवर्तमान समितिका उपाध्यक्ष समेत रहनु भएका कार्यवाहक अध्यक्ष निर्मलप्रसाद लाकौलले बताउनु भयो । उहाँले नयाँ कार्यसमितिले संस्थाको लक्ष्य अनुसारका कामहरु अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

संस्था स्थापना पछि अर्बुद (क्यान्सर) सम्बन्धि जनतेतना जगाउने तथा यसको रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै क्रमशः बुटवलमा क्यान्सर अस्पताल स्थापना गर्ने लक्ष्य लिईएको थियो । त्यही अनुसार काम गर्न उहाँले नयाँ कार्यसमितिलाई आग्रह गर्नु भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईँले क्यान्सरका कारण अहिले पनि धेरै नागरिकले अकालमा ज्यान गुमाई रहनु परेको बताउँदै त्यसको न्यूनिकरण गर्नको लागि शिक्षा, जनचेतना अभिबृद्धि तथा रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अभियानमा आफू पनि संगसंगै रहेको बताउँदै आफ्नो ठाउँबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा लायन्स क्लवका फस्ट भाईस डिष्ट्रिक गभर्नर तथा संस्थाका आजिवन सदस्य अर्जुनमान सैंजु, कोषाध्यक्ष भिमप्रसाद तुलाचन, सुरेन्द्रमुनी शाक्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक :