प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि हानिकारक

सिद्धार्थनगरले भन्यो‐प्लाष्टिकजन्य पदार्थ नजलाउनू नत्र कारबाही गर्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ।

वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका काप्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले वताउनु भयो।पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ ।

वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो ‘अटेर गरेमा कानुन बमोजिम कारबाही गर्छौं ।’

अहिले हामीले आफ्नो जीवनबाट अलग गर्न मुस्किल हुनेगरी प्लाष्टिकले आफ्नो हिस्सा बनाएको छ । जबकी प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ । पोलेथिन ब्यागदेखि लिएर खेलौना, भाँडावर्तन, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकबाट हुने गर्दछ । तपाईं–हाम्रो भान्सामा भएका अधिकांश बस्तु प्लाष्टिकजन्य छन् ।

बजारमा उपलब्ध विस्कुट, चाउचाउ सबै प्लाष्टिकमा प्याक भएर हाम्रो भान्सासम्म आइपुग्छ । त्यसैगरी दैनिक जीवनमा पनि हामी प्लाष्टिक व्यागदेखि भाँडावर्तन सम्म प्रयोग गरिहेका छौं । चाहे खानेकुरा खान होस् वा पानी राख्न, प्लाष्टिक सजिलो र उपयोगी भइरहेको छ ।

एकातिर प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयानक खतरा बन्दैछ । पर्यावरण, पानी, किरा, फटयांग्रालगायत जीवाणु,विषाणु, लेउ, झ्याउ र ढुसीलाई गलाउन असक्षम छन् । अम्ल, क्षार, लवणलगायतअन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन सकिदैन । जसले गर्दा यो प्रदूषणको कारण बन्दैछ ।

हिमालय या घना जंगल, तालतलैया हुन् या नदि–नाला, सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य कुरुप वनाउदै गइरहेको छ । आखिर प्लाष्टिकजन्य वस्तुहामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, सिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । यीे तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउन प्रायोग गरिन्छ ।

यी वीषात्त तत्वहरू अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरूका क्रियासिल कोषहरूलाई मार्न सक्षम छन् । खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसितहुने कोषहरूलाई यि तत्वहरूले मार्ने गर्दछ । यसले मोटोपन बढ्ने, पुरुषहरूको पनि स्तन बढ्ने, केटीहरूमा समयपूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुंशकता, बाँझोपन, हर्मोनल गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरू जन्मने जस्ता समस्या देखिने गर्दछ ।

प्लास्टिकमा भएका बिषहरू र यि तत्वहरूले स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरूका बारेमा अनुसन्धानहरू भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै आएको छ ।

प्लाष्टिक विसर्जन बाट यसरी मुक्ति पाउने ?

अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पू¥याईरहेको छ । नगल्ने प्लाष्टिकबाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइ अक्साइड,कार्वन मनोअक्साइड र अन्य विषालु ग्याँसहरुको मात्रा वढ्न जान्छ ।

अर्कोतर्फ यसको जलनवाट उत्पन्न ग्यासले पर्यावरण तातिदै जाने र ‘ग्लोबल वार्मिङ’को समस्या ल्याउने खतरा पनि छ । प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वराशक्ति गुमाउन पुग्छ । यसले गर्दा अन्नवाली उब्जनीमा वाधा पुग्छ ।

पर्यावरणिय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूका कारण पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् ।

हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्रीवितरणलाई निरुत्साहित विभिन्न कानुनहरूको व्यवस्था छ । नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र मात्र निरुत्साही गर्ने खालको कानुन छ । तर, कानुनले मात्र यसको प्रयोगलाई घटाउन सक्दैन । यसका लागि जनचेतना वा हरेक व्यक्ति आफैमा सजग हुन जरुरी रहेको छ ।

सम्बन्धित शिर्षक :