चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध

काठमान्डौ /नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पाँच पदमा निर्विरोध निर्वाचित हुने देखिएको छ।संघको आसन्न निर्वाचनका लागि पाँच पदमा एकरएक जनाको मात्र उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुने पक्का भएको हो।

निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह(कोषाध्यक्ष र सह(सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।

मनोनयनको लागि निर्धारित समयमा उक्त पदमा एकल अम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। तर निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी छ।

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ताको लागि समय तोकिएको थियो। उक्त समयमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्की, प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले र डाक्टर शिवजी बिक्रम सिलवालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानाले कुल १९ पदका लागि ४१ जनाको मनोनयन दर्ता भएको र सबै पदमा दुई वा सो भन्दा बढी उम्मेद्वार नपरेकाले केही निर्विरोध हुन सक्ने बताए। तर आधिकारिक घोषणा नगरिएको जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ।संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ।

दर्ता गराएका ४१ जना उम्मेदवारहरूको सूची यसप्रकार छ:

अध्यक्ष : अनिल बिक्रम कार्की, डा सन्तोष पौडेल, डा शिवजी बिक्रम सिलवाल

वरिष्ठ उपाध्यक्ष: डा बद्री रिजाल निर्विरोध

उपाध्यक्षहरु :

प्रदेश १:डा दीपेश आचार्य, डा पार्थ गुरागाईँ, डा यज्ञराज खरेल

मधेश प्रदेश: डा नीरजकुमार सिंह, डा महेश महासेठ, अजयकुमार मिश्र

बागमती प्रदेश:डा प्रकाश बुढाथोकी, डा सञ्जयकुमार ठाकुर

गण्डकी प्रदेश: डा राजन शर्मा, डा विकास गौचन

लुम्बिनी प्रदेश: डा नन्दाकुमारी गुरुङ निर्विरोध

कर्णाली प्रदेश : डा केशर बहादुर ढकाल

सुदूरपश्चिम प्रदेश : डा प्रशान्त भट्ट, डा नीरज अर्याल, डा प्रविनकुमार गिरि

महासचिव: डा सञ्जीब तिवारी, डा रक्षा श्रेष्ठ, डा अमृत भुषाल

कोषाध्यक्ष: डा प्रमोद जोशी, डा अञ्जना महर्जन

सहसचिव: डा लिजन महर्जन निर्विरोध

सह कोषाध्यक्ष: डा विक्रान्त ढकाल निर्विरोध

सदस्यहरु:  डा अमितरञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा तेजशु सेन मल्ल, डा योविन कुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्य रहेका छन्।

यसैगरी डा स्मृति महत, डा पदम नेपाली दर्जी, डा अभियान गौतम, डा कुम्भराज जोशी, डा सुरेन्द्र यादव डा रमेश श्रेष्ठ र डा मोहम्मद यनामुल हकले पनि सदस्य पदमा उम्मेदवारी दिएका छन्।

 

 

 

सम्बन्धित शिर्षक :