कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

स्वास्थ्यसमाचार /कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तुअस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ ।आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने भएको छ । ।

रामेछापका स्वास्थ्यकर्मीलाई वान हार्ट वल्र्ड द्धारा सुरक्षा सामाग्री

स्वास्थ्यसमाचार /कोरोना संक्रमण विरुद्ध अग्रभागमा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागिवान हार्ट वल्र्ड वाईड नामक अन्तराष्टि गैर सरकारी संस्था द्धारा १० लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठन बाट प्रयोग गर्न उचित ठहरिएकाव्यक्तिगत सुरक्षा सामाग्रीतथा स्वास्थ्य संस्थामाप्रयोगहुने उपकरण चार वटा छुट्टाछुटै प्याकेज निर्धारण गरि प्रदान गरेको हो । थर्मल गन, N95 Mask लगायतका अन्यआवश्यक सामाग्री रहेको छ । रामेछाप जिल्लाको ८ वटा स्थानियतह अन्तर्गतका हरेक वर्थिङ्ग -न नवर्थिङ्ग सेन्टर एवम १–१ वटा क्वारेन्टाइन केन्द्र साथ साथै जिल्ला अस्पतालमा गरि ४ वटा प्याकेजमा सामाग्री सहयोग गरेको रामेछाप…

प्रदेश५ मा कोरोना संक्रमितको संख्या ५३ नेपालमा १सय ३४ पुग्यो

स्वास्थ्यसमाचार/ सोमबार एकैदिन २४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना देखिएको अहिलेसम्मकै उच्च हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १सय ३४ पुगेको छ । रुपन्देहीमा ६,कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरि थप १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । कपिलवस्तुमा आज विहान १० जनामा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा मात्रै संक्रमितको संख्या २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।प्रदेश ५का ३ जिल्ला कपिलबस्तु २१ वाके २४ रुपन्देही ७ गरि कोरोना संक्रमितको संख्या ५२ पुग्यो ।

कोरोनाको जोखीम वढेपछि जेठ ५सम्म कपिलवस्तुलाई शील गर्ने

स्वास्थ्यसमाचार/ जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्ध माध्यमिक…

प्रदेशसभा सांसद पाण्डेयले दिए एम्बुलेन्स चालकलाई पिपीई

स्वास्थ्यसमाचार /प्रदेश ५का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले एम्बुलेन्स चालकलाई १० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई ) प्रदान गरेका छन् । उनले संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देही भैरहवा शाखाका सदस्यद्वय राकेश यादव र रामभक्त भण्डारीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको बेला फ्रन्टलाइनमा रहेर काम गरिरहेका एम्बुलेन्स चालकलाई आफुले पीपीई उपलब्ध गराएको सांसद पाण्डेयले बताए । उनले विरामीलाई बोकेर एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने चालकको महत्वपूर्ण भुमिका रहेको बताए ।“एम्बुलेन्स चालकहरुले उच्च जोखिममा मोलेर महामारीको बेला काम गरिरहनुभएको छ, जनप्रतिनिधि तथा जनताको सेवकको दायित्व…

कपिलबस्तुमा थप १० सहित प्रदेश ५मा कोरोना संक्रमितको संख्या ४०पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन। संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष…

अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ । धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा। देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे । ‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा देवकोटाले भने,‘ संक्रमण रोग…

कोरोना कोषमा व्यवसायी शाक्यद्धारा १० लाख रुपैयाँ जम्मा

स्वास्थ्यसमाचार /व्यवसायी कृष्ण शाक्यले कोरोना रोकथाम तथा उपचार कोषमा १० लाख रुपैंया जम्मा गरेका छ। उनले मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक हस्तान्तरण गरे । भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १४ करोड रुपैंया जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको थियो । यो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार वटा कोरोना अस्पताल बनाएर कोरोना…

प्रदेश प्रयोगशाला भैरहवामा किट आए संगै पिसिआर परीक्षण सुरु

स्वास्थ्यसमाचार /प्रादेशीक जनस्वास्थ्य प्रयोशाला भैरहवामा कोरोना परीक्षण गर्नका लागि एक हजार ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आएको छ । किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा बैशाख २३ देखि कोरोनाको पिसिआर परीक्षण रोकिएको थियो । सकिएको १ सातापछि एक हजार किट आएको छ । आइतबार देखि परीक्षण सुचारु हुन्छ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरी भने ।किट आए संगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकाका क्वारेन्टीनमा रहेकाहरुको शनिबार स्वाव संकलन गरिएको छ । सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्विनी सास्कृतिकबाट ६२ , कोटहीमाईबाट २६,…

बुटवल उपमहानगरमा कोरोनासंगै डेंगू विरुद्धको अभियान सुरु

स्वास्थ्यसमाचार /बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसंगै अब डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ । कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगू रोगका बारेमा पनि सचेत गराउन लगाउने छ । उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट…