विष्णु पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी बन्ने भएका छन। लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने बताईएको छ । कपिलबस्तु क्षेत्र नं १ को (१) वाट प्रदेश सभामा पन्थी निर्बाचित भएका हुन ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित जस्तै भएको बताए । लुम्बिनीमा मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि दलहरुबीच भागवण्डा मिलेको छ ।

मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेले ४, माओवादीले ३ तथा राप्रपा, जनमत र जसपाले एकएक मन्त्रालय लिनेगरी दलहरुले समझदारी गरेका छन ।

सम्बन्धित शिर्षक :