स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७९/८०को अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो।

जिल्ला स्वास्थ्य कार्यलयका बिभिन्न शाखा १६ पालिकाका स्वास्थ्य प्रमुखले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको प्रगति र अब गर्नुपर्ने कामको बारे समिक्षा तथा योजना तर्जुमा को बारेमा छलफल भएको थियो।

भैरहवामा २ दिन सम्म चलेको अर्धबार्षिक समिक्षामा तथा योजना तर्जुमा कार्यक्रमा वोल्दै स्वास्थ्य निर्देशननालय लुम्बिनीका निर्देशक डा बिनोद गिरीले स्वास्थ्य अबस्था र चुनौतिको वारेमा बोल्दै ग्रामिण भेगमा स्वास्थ्यसेवा सहज र सरल तरिकाले दिनु पर्ने बताउनु भयो।

स्वास्थ्य क्षेत्रमा रुपन्देही सधै अब्बल रहेको र अबपनि सबैको साथ सहयोगले अब्बल बनाउन लागीरहन सबै पालिका प्रमुख स्वास्थ्य कार्यलयका स्वास्थ्य शाखा प्रमुख तथा सबैलाई आग्रह गर्नु भयो।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गौरव ढकालले अहिले सम्म भएका काम र अब गर्नु पर्नेकामको अर्धबार्षिक समिक्षामा भएअनुसार सबै पालिकामा काम गर्नु पर्ने बताउनु भयो । उहाले अहिले तर्जुमा भएका कार्यक्रम लागु गरि आफ्नो पालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउन लाग्नु पर्ने बताउनु भयो

२ दिने अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा रुपन्देहीका १६ बटा पालिकाका स्वास्थ्य प्रमुखले अहिले सम्म भएका प्रगतिकोबारे जानकारी गराउनु भएको थियो।

सम्बन्धित शिर्षक :