भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने

स्वास्थ्यसमाचार/ भोली (आइतबार)मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले आज क विज्ञप्ति जारी गर्दै उक्त निर्णय गर्न बाध्य भएको जनाएको छ।

संघका अध्यक्ष डा लोचन कार्की तथा महासचिव डा बद्री रिजालले संयुक्त रूपमा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, “माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ” भनिएको छ।

त्यसैगरी विज्ञप्तीमा भनिएको छ ‘मिति २०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथी प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

त्यसैगरी स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएको प्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ।’ भनिएको छ।

विज्ञप्तिको अन्तमा भनिएको छ ‘विधि र विधान स्थापितका लागि नेपाल चिकित्सक संघले उठाएको यो कदमलाई साथ र समर्थन गर्न देशभरका सम्पूर्ण सर्व साधारण नागरिक, बुद्धिजिवीवर्ग, संचारकर्मीज्यूहरु तथा संघका सम्पूर्ण शाखा कार्यालयहरुले २०७९ माघ २९ गतेका लागि घोषणा गरिएको आन्दोलनलाई सफलतापूर्वक सम्पन्न गर्नु गराउनु हुन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ। यसबाट हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ।’

सम्बन्धित शिर्षक :