तिलोत्तमामा रगत तथा रक्त तत्त्व चेक जाचमा लाग्ने सेवा शुल्क नि:शुल्क

स्वास्थ्यसमाचार/ तिलोत्तमाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । तिलोत्तमा नगरपालिका र रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी तिलोत्तमा नगरभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँड र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

तिलोत्तमा नगरपालिका र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको तिलोत्तमाका नगरप्रमुख खाँणले बताउनुभयो ।

उहाँले समझदारीपछि तिलोत्तमाका बासिन्दाले रुपन्देहीका कुनैपनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नुनपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताउनुभयो ।

समझदारीपछि बुटवल, भैरहवा र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

तिलोत्तमा नगरपालिका रक्तसञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने स्वास्थ्य शाखा प्रमुख धुर्ब घिमिरे र रक्त संञ्चार केन्द्र बुटबलका प्रमुख राधा शर्मा ज्ञाबलीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :