चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

स्वास्थ्यसमाचार/ अस्पतालको सेवा नै बन्द गरि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पताल अघि एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेको विरोधमा चिकित्सकहरु आन्दोलन उत्रिएका थिए ।

घटनामा सम्लग्न प्रहरीमाथि कारवाही अघि बढीसकेको सन्दर्भमा अस्पताल बन्द सम्मको घोषणा गरेपछि चिकित्सक संघको कदमको आलोचना बढेको थियो ।

आज विहान ८ बजे देखि प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे नेतृत्वको सरकारी बार्ता टोली र डा लोचन कार्की नेतृत्वको चिकित्सकहरुको बार्ता टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बार्ता गरेका थिए ।

छ बुँदे सम्झौंतामा घाइते चिकित्सकको निशुल्क उपचार देखि सवारीलाई व्यवस्थि तगर्नका लागि सुझाव दिने सम्मका बुँदामा सम्झौँता गरिएको छ ।

छ बुँदे सम्झौताको अन्तिममा आन्दोलन फिर्ता लिएर आ आफ्नो जिममेवारी सम्हाल्न आव्हान गरिएको छ ।

सम्बन्धित शिर्षक :