लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा विष्णु पन्थी नियुक्त

स्वास्थ्यसमाचार / स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी नियुक्त भएका छन।

मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

मन्त्रिपरिषद्ले पूर्णता पाएसंगै लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी नियुक्त भएका छन। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सिफारीसमा प्रदेश प्रमुख द्धारा स्वास्थ्यमन्त्रीमा विष्णु पन्थी नियुक्त गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो। कपिलबस्तु क्षेत्र नं १ को (१) वाट प्रदेश सभामा पन्थी निर्बाचित भएका हुन ।

लुम्बिनी प्रदेशमा को–को बने मन्त्री ? (सूचीसहित)

यस्तै अन्य मन्त्रीमा प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा बन्दा चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन् ।

यसैगरी दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।

यस्तै चन्द्रेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक :