जापानबाट ५ लाख डोज अष्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो

स्वास्थ्यसमाचार / जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको मध्ये ५ लाख डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।शनिबार विहान ५ लाख डोज खोप नेपाल आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप अनुदानमा दिनेछ । जसमध्ये आइतबार ३ लाख डोज खोप आउने छ ।बाँकी खोप भने जापान सरकारले एक हप्तापछि नेपाललाई उपलब्ध गराउने तयारी छ । उक्त खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका नागरिकलाई दिइनेछ । मन्त्रालयका अनुसार यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । आइतबारबाट नै उनीहरुलाई दोस्रो डोज…

बुटबलमा साउन २५ र २६ गते भेरोसिल खोपको दोस्रोमात्रा निम्न केन्द्रमा लगाईने

स्वास्थ्यसमाचार /बुटबल उपमहानगरपालिका भित्र कोरोना भाइरसविरुद्ध लगाईने भेरोसिल खोपको दोस्रो मात्रा आगामी साउन २५ र २६ गते निम्न स्थानमा लगाईने भएको छ । बुटबल उपमहानगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले दिएको जानकारी अनुसार साउन १ र २ गते कोरोना भाइरसविरुद्ध लगाईने भेरोसेल खोप लगाएका ५५ बर्ष माथिका नागरिक ,क्याम्पसका प्राध्यापक,सरकारी बिद्यालय, सामुदायीक बिद्यालयका शिक्षक, निजी बिद्यालयका शिक्षक कर्मचारीलाई नगरपालिकाको निम्न स्थानमा गई खोप लगाउन आग्रह गरेका छन । उनले २५ र २६ गते नगरका बिभिन्न केन्द्रमा समुह अनुसार खोपलगाउन केन्द्र निधारण गरिएको बताए ।बुटबल उपमहानगरपालिकामा भेरोसेल खोप दोस्रो…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई परिवर्तन गर्ने तयारी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई परिवर्तन गर्ने तयारी भएको छ ।प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले डा राजेन्द्र खनाल लाई परिवर्तन गरि नयाँ डा ईन्द्र ढकाललाई मेसु वनाउने तयारी गरेका छन । निबर्तमा मेसु डा कृष्ण खनालको स्वतह अबकास पछि नेकपाको सरकारले डा राजेन्द्र खनाललाई प्रदेश सरकारको क्याबिनेटको निर्णयबाट खनाललाई मेसु बनाएको थियो ।के कारणले मेडिकल सुपरिटेन्डेन्ट हटाउन थालिएको भन्ने वारे आधिकारीक जबाफ कसैको आएको छैन । उता मेसु डा राजेन्द्र खनालले पनि आफुलाई परिबर्तगर्ने भन्नेबारे हल्ला सुनेको र यसबिषयमा केहि नबोल्ने बताए ।…

भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाको खोप

स्वास्थ्यसमाचार/ भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । भूटानले आफ्ना खोप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ । भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

सरकारले साउन २३ देखी सप्ताहव्यापी माक्स अभियान संञ्चालन गर्ने

स्वास्थ्यसमाचार सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली शनिबारदेखि देशभर एक साताका लागि उक्त अभियान सञ्चालन गर्ने जनाएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ उक्त अभियान सुरु गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। सहप्रवक्ता डा. अधिकारीका अनुसार जनमानसमा स्वास्थ्यको मापदण्ड र मास्कको महत्व बुझाउनका लागि अभियान सञ्चालन गर्न लागिएको वताए । यता रुपन्देहीमा पनि केन्द्रिय कार्यक्रम अनुसार यो अभियान संञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र गिरीले…

रुपन्देहीमा भेरोसेल खोप दोस्रो मात्रा दुई चरणमा पहिलो साउन २५ र २६दोश्रो २८ र २९

स्वास्थ्यसमाचार रुपन्देहीमा कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी सोमबार यही साउन २५ गते देखि दुई चरणमा सञ्चालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार कोभिड तथा खोप समन्य समितिका अध्यक्ष एबं जिल्ला प्रमुख जिल्ला अधिकारी आश्मान तामाडको अध्यक्षतमा बसेको वैठकले रुपन्देहीमा २ चरणमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी सोमबार देखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य कार्यलयले जनाएको छ । पहिलो मात्रा लगाएको २१…

उपचारका लागि नेपालगन्ज जाँदा जबर्जस्ती बुटबल पुराए:सांसद वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफूलाई साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको वताईन । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ’ २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो । मैले फेरि पनि इन्कार गरें म बिरामी छु,…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं १की ७५ बर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार साउन १३ गते अस्पतालमा भर्ना भएको र साउन २१ गते बिहान उनको मृत्यु भएको बताए । डा गौतमले पछिल्लो समय कोरोनाका बिरामीको चापबढेको वताए ।

कोरोना महामारीको सम्भावित तेस्रो लहर यसरी नियन्त्रण हुन्छ: डा. पान्डे

स्वास्थ्य मन्त्रालयले असोज १५ देखि मङ्सिरसम्म तेस्रो लहर फैलिने तथा करिब २ लाख संक्रमित हुने जनाएको छ । यो आंकलन हो । तेस्रो लहर रोक्नको लागि वा कम प्रभावी बनाउनको लागि सरकार र नागरिक आजैदेखि सतर्क हुनु र आफ्नो कर्तब्य पुरा गर्नु अपरिहार्य छ । . तेस्रो लहर रोक्नको लागि वा कम जोखिमयुक्त बनाउनको लागि निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ । . १. खोपको प्रमुख उद्देश्य मृत्युदर कम गर्नु हो | यसको लागि सरकारले स्टकमा रहेका कोभिड भ्याक्सिन संक्रमणको मुहान (सिमाबर्ती क्षेत्र तथा विमानस्थल ) तथा संक्रमणको मैदान…

नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ, १६ हजार डलर जरीवाना

स्वास्थ्यसमाचार /नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ परेका छन् । खोप लगाएको भनेर फर्जी कागजात देखाएर अमेरिकाबाट क्यानडा प्रवेश गरेका दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुई जनालाई जरीवाना तिराएर छोडिएको बीबीसीले जनाएको छ । एकजनालाई १६ हजार अमेरिकी डलरका दरले जरीवाना तिराएको बिबिसीले जनाएको छ। क्यानडाको टोरन्टो एरपोर्टमा आइपुगेका उनीहरुको खोप लगाएको भनेर प्रमाणित कागजात नक्कली भएको खुलेको थियो। त्यसैगरी कोरोना जाँच गरिएको रिपोर्टसमेत नक्कली भएको खुलेपछि उनीहरुलाई जरीवाना तिराइएको थियो। क्यानडाको पब्लिक हेल्थ एजेन्सीको विज्ञप्तिमा जुलाई १८ मा ती व्यक्ति अमेरिकाबाट क्यानडा आएका…