गैडहवामा ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाई सम्मान तथा बिदाई

स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिका स्वास्थ शाखाको आयोजनामा गैडहवा गाउँपालिकाको स्वास्थ क्षेत्रमा सेवारत ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाइ सम्मान तथा बिदाइ कार्यक्रम सम्मपन्न भयको छ।

गैडाहवा गाउपालिका प्रमुख प्रसाशकिय प्रमुख कृष्ण प्रसाद पन्थिको अध्यक्षता र गाउँ पालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले कार्यक्रममा बोल्दै निस्वार्थ रुपले ३० वर्ष काम गरेका स्वयंसेविका हरुलाई सधै गाउँपालिकाले सम्मान गर्ने बताउदै स्वयंसेविकाको योगदान गैडहवा गाउँपालिकामा महत्त्वपूर्ण रहेको बताउदै कोरोनाको समयमा समेत स्वयंसेविकाहरुले सहयोगको उच्च प्रसंसा गर्दै स्वयंसेविका हरुलाई बिदाई गर्दा आफू र गाउँपालिका दुखित भएको बताउदै बाकी जिवनको शुभकामना दिनु भयो ।

बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष माधुरि जैसवाल जोगडा स्वास्थ चौकि प्रमुख बिष्णु प्रसाद उपाध्याय वडा अध्यक्ष भुवन बहादुर राना वाड अध्यक्ष बिजय कुमार शर्मा वाड अध्यक्ष सामाजिक बिकास समिति संयोजक शुरेन्द्र सिंह कुर्मि महिला स्वास्थ स्वयं सेबिका सरस्वति चौधरि लगायतले स्वास्थ्य स्वयंसेविकाले गरेको काम स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण काम रहेको बताउदै धुलो घाम पानी नभनी काम गरेका स्वयंसेविकालाई सधै गाउँपालिकाले सम्झने भन्दै शुभकामना मन्त्ब्य राख्नु भएको थियो।

कार्यक्रम ८२ जना स्वयम सेविकालाइ स्वास्थ सामाग्री थर्ममिट टर्च लाईट मोबाइल छाता सहित स्वास्थ्यमा उपभोग हुने सामाग्री सहित २४ जना ६० वर्ष पुगेका स्वास्थ स्वयंसेविकालाइ सम्मान जनक विधाइ गरियको थियो। कार्यक्रममा स्वागत स्वास्थ शाखा प्रमुख शुरेन्द्र चौहानले गर्नु भएको हो

कार्यक्रममा जनप्रतिनिधि कर्मचारी स्थानीय र सञ्चार क्रमिको उपस्थितिमा सम्पन्न भएको हो कार्यक्रम सन्चालन स्वास्थ शाखा नर्सिङ प्रमुख सिता गौतमले गर्नु भएको थियोे ।

सम्बन्धित शिर्षक :