पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु

स्वास्थ्यसमाचार/पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको छ । बगनासकाली गाउँपालिकाले स्थानीय नागरिकहरुलाई प्रसुती सेवा दिने उदेश्यले खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको हो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाका ४ वटा वडाहरुमा बर्थिङ सेन्टर संचालन भएको बताउनुभयो । अध्यक्ष बस्यालले गाउँपालिकाको दर्लम र यम्घामा पनि बर्थिङ सेन्टर सुरु गर्न लागिएको बताउदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले कुनै कसुर वाँकी नराखेको उल्लेख गर्नुभयो । यस अघि गाउँपालिकाका वडा नं ९ चापपानी, वडा नं ४ खानिछाँप र वडा नं ३ नायरनमतलेसमा बर्थिङ सेन्टर संचालन…

गर्भवती महिलाको हत्यामा संलग्न श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

स्वास्थ्यसमाचार/कपिलबस्तुमा एक गर्भवती महिलाको हत्यामा संलग्न श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा परेका छन् । कपिलबस्तुको यशोधरा गाँउपालिका ८ सिहोखोर निवासी २१ वर्षिय रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेर लाशलाई गाडी सतगत गर्ने क्रममा श्रीमान र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षिय ससुरा अब्बास अलि भाट मुसलमानलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । कपिलवस्तुबाट खटिएको प्रहरी अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले उहाँहरुलाई…

दुधराक्ष स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्यसमाचार/ रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले गृह जिल्ला रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित दुधराक्ष स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रुपन्देही स्थायी घर भई हाल अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीहरु मिलेर सहयोग सकंलन गरि स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र केमिकल एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । भर्चुअल माध्यमबाट सञ्जालका प्रतिनिधि समेत संलग्न भई सम्पन्न भएको कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि ईश्वर पोखरेलले प्रत्यक्ष सहभागिता जनाई सेमी एनलाईजर मेसिन र केमिकल लगायतका स्वास्थ्य सामाग्री सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीलाई…

नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैत्रसम्म बन्ने

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रूपमा सुरक्षित राख्न नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका(१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो । साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन । निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ सेन्टर निर्माण कार्य…

कपिलवस्तुका दुई पालिकामा १५ शैय्याका अस्पताल निर्माण हुँदै

स्वास्थ्यसमाचार/ कपिलवस्तका वुद्धभूमी र महाराजगंज नगरपालिकाले १५ शैय्याका अस्पताल निर्माण गर्न लागेका छन। महाराजगंज नगरपालिकाले २८ करोडमा अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ भने वुद्धभूमी नगरपालिकाले १९ करोड लागतमा अस्पताल निर्माण गर्ने भएको छ । महाराजगंज नगरपालिका—१ प्राथमिक स्वास्थ्य चौकीको किनारमा एक बिघा क्षेत्रमा अस्पताल निर्मााणको तयारी भैरहेको महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले बताए । ‘स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर अस्पताल निर्माण प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । अस्पतालमा आधारभूत स्वास्थ्य सेबा उपलब्ध हुने गरी निर्माणको तयारी भएको छ । जसअन्तर्गत जनरल फिजिसियन, प्रसुति, ल्याव, फार्मेसी, डेन्टल, आँखा…

स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ अख्तियारमा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना खोप हिनामिना गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो । २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ।

कोरोना बिरुद्धको खोप :मेयर पुगे स्कुल स्कुलमा अनुगमन गर्दै

स्वास्थ्यसमाचार/ कोरोना बिरुद्धको शुन्य खोप अभियानकै क्रममा विद्यार्थीका लागि चाहिने खोप बोकेर स्वास्थ्यकर्मी सहित तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे स्कुल स्कुलमा पुगेका छन्। तिलोत्तमा नगरपालिकामा कोरोना विरुद्धको खोप नलिएका १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुको लागि मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्यक्रमका सन्दर्भमा मेयर बासुदेव घिमिरे बिद्यालयमा पुगेका हुन्। यसअघि नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका दश हजार बढी विद्यार्थीले खोप लगाइसकेकोमा बाँकी विद्यार्थीहरुको लागि पुनः खोप अभियान सुरु भएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेलले बताए। खोप कार्यक्रमको अनुगमन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोहि विद्यार्थी खोप लगाउन…

७९ वर्षीया देवकलीलाई बोकेर खोप केन्द्र पुर्याउँदै स्वंयसेविका लिला

स्वास्थ्यसमाचार/ गुल्मीदरबार गाउँपालिका–३ धारापानीकी ७८ वर्षीया देवकला टण्डनले खोप केन्द्रसम्म पुग्न नसकेकोले कोभिडविरुद्धको खोप अहिलेसम्म लगाउन पाएकी थिइनन् । शुक्रबार उनलाई स्वास्थ्य स्वंयसेविका लिला थापाले बोकेर खोपकेन्द्रसम्म पु¥याइन्, खोप लगाएपछि बोकेर नै घरमा ल्याइन् । खोप लगाउन बोकेर लैजाँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि लिला भाइरल भएकी छन् । स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार, धारापानी टोलमा तीन घर मात्रै छन् । त्यो टोलमा जाने सडक छैन् । गोरेटो बाटो छ । त्यही बाटोमा बोकेर थापाले देवकलालाई खोपकेन्द्र पु¥याइन् । ‘घरमा पुगेर बोक्न सक्छु कि भनेर प्रयास गरे, सक्नेरहेछु, आमाले पनि…

लुम्बिनीमा कुष्ठरोगीको संख्या बढदो :नखुल्दा निवारणमा समस्या

स्वास्थ्यसमाचार/ सरकारले २०६६ साल माघ १० माताम झामका साथ कार्यक्रम गरी सन २०२० को अन्त सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति लुम्बिनी प्रदेशमा सफल हुन सकेको छैन।लुम्बिनी प्रदेशका वाके कपिलबस्तु र रुपन्देहीमा प्रति दश हजार जन संख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।शून्य कुष्ठरोगका लागी हाम्रो प्रतिबद्धता आत्मसम्मानका लागी ऐक्यवद्धता भन्ने मुलनाराका साथ ६९औ विश्व कुष्ठरोग दिवस मनाईएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय ले दाडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा कुष्ठरोगीको संख्या…

रुपन्देहीमा माघ १७ देखी २० सम्म विद्यालयमै मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार /रुपन्देहीमा माघ १७ गते देखी तिन दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि बिद्यालय संञ्चालन हुने भएका हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने रुपन्देहीका १२ देखी १७ बर्ष सम्मका १लाख ३४ हजार५ सय ३१ वालवालिका लाई बिद्यालयमै गएर खोप लगाउने बताए ।अहिले सम्म रुपन्देहीका सैनामैना नगरपालिका र सियारी गाउँपालिकाका सबै बिद्यार्थीले र तिलोत्तमा नगरपालिकाका १७ हजार बिद्यार्थीमध्ये ८ हजार ७ सय ४० गरि २३ हजार ६सय बिद्यार्थीहरुले कोरोना बिरुद्धका मोडर्नाे खोप…