रुपन्देहीका १६स्थानिय तहमा साउन १५ देखी जोनसनको खोप लगाईने

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लाका १६ स्थानिय पालिकामा साउन १५ गते देखी कोरोना विरुद्धको जोनसनको खोप अभियान सुरुहुने भएको छ । जिल्ला कोभिड समन्य समितिको निर्णय अनुसार १५ गते देखी रुपन्देहीका सबैपालिकामा खोप संञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ५० देखी ५४ बर्ष उमेर समुहका पहिलो मात्र खोप लगाउन बाकीसबै नागरीक र,पुर्ण र अति अशक्त अपाङ्ग बर्ग क र ख भएका नागरिकहरु र यस भन्दा अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मि तथा सरफसाईकर्मि हरुलाई यो खोप लगाईने वताए। उनले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा…

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्य मन्त्री नियुक्त गरेका छन । प्रधानमन्त्री देउवाले आईतबार सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसंग रहनेगरी राज्यमन्त्री नियुक्त गरेका हुन । सत्ता गठबन्धनमा रहेका दलहरु बिच मन्त्रालयको भागवण्डा नमिलिरहेको बेला प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आईतबार साँझै सपथ लिएका हुन । उनलाई प्रधानमन्त्री देउवाले सपथग्रहण गराएका हुन।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५ कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार / बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ संक्रमितको मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालका अनुसार मृत्यु हुनेमा रुपन्देहीका २, गुल्मीका २ र प्यूठानका १ जना छन् । मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमा ५ की ३२ वर्षिय महिलाको आइतबार बिहान ३।१० बजे र बुटवल ७ का ४४ वर्षिय पुरूषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो ।त्यसै गुल्मी इस्मा गाउँपालिकाका ७१ वर्षिय पुरुषको आइतबार बिहान २:१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षिय पुरुषको शनिवार राति साँढे ११ बजे मृत्यु भएको डा. राजेन्द्र खनालले जानकारी दिए । प्युठानको…

तिलोत्तमा वडा नं ४मा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमामा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ। तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले सिलन्यास गरिन। आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा २० जना सेयर सदस्य रहेका छन्। महिला अस्पतालमा महिलामात्रै सेयर सदस्य रहेका छन्। पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिईन। अस्पतालमा ३ करोड बढीको लगानी रहने उनले जानकारी दिईन्। अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति…

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना खोप लगाउन लाईनबस्नु नपर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतल बुटबलमा साउन ८ गते देखी वैदेसिक रोजगारीमा जानेलाई लगाउन सुरु गरिएको जोनसनको खोप लगाउन अब लाईन लाग्नुपर्ने बाध्यता हटेको छ । चर्काेगर्मिको कारण खोपलगाउनेहरुलाई समस्या र बढी भिडभाड भएकोले यस्तो ब्यबस्था गरिएको हो। अब खोप लगाउन जादा अस्पतालमा सम्पर्क गरि नाम टिपाउने र आफनो पालो आएपछि खोपलगाउन जाने ब्यबस्था गरिएको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन । अस्पतालमा निम्न नम्मरमा सम्पर्क गर्न पनि पौडेलले सरोकारवाला लाई आग्रह गरिन। बिहान ८ बजे देखी ६ बजे सम्म नाम दर्ता गर्न सकिने छ । सम्पर्क गर्नको…

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसेल खोपमा के फरक छ ?

स्वास्थ्यसमाचार/ जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो । – जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।   – जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ । – जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी…

स्वास्थ्य मन्त्रालय र डब्लूएचओ टोली रुपन्देहीमा

स्वास्थ्यसमाचार/ स्थानीय तहले गरेका महामारीविरुद्धका काम र जनस्वास्थ्य सम्बन्धित विषयमा जानकारी लिन संघीय स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको विशेष टोली रुपन्देहीमा आएको छ । यसक्षेत्रका पालिकाहरुले गरेको महामारीविरुद्धका कामको जानकारी लिने र अबका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विशेष छलफल गर्न उक्त टोली यहाँ आएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, महानिर्देशक र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुखसहितको विशेष टोलीले रुपन्देहीको बुटवल उपमहानरपालिका र तिलोत्तमा नगरपालिकामा भइरहेका कामका बारेमा जानकारी लिएको छ । उक्त टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यहाँ भइरहेका कामका बारेमा जानकारी गराउनुका साथै संघीय…

लुम्बिनी र भिम अस्पतालमा साउन ८देखी बैदेशिक रोजगारीमा जानेलाई जोनसनको खोप लगाउने

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाका २ अस्पतालमा भोली साउन ८ गते देखी कोरोना विरुद्धको जोनसनको खोप अभियान सुरुहुने भएको छ । साउन ८ देखी खोप लगाउने जिल्ला कोभिड समन्य समितिको निर्णय भएको हो । जिल्लाका २ अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा खोपलगाईने भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र गिरीले बताए ।डा गिरीका अनुसार खोप वैदेसिक रोजगारीमा जानेलाई मात्र दिने निर्णय भएको बताए । डा गिरीले खोपलगाउन जानेले अनिर्बाय रुपमा भिषा पार्सपोट अनिबार्य लिएर आउनु पर्ने बताए। उनले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा गर्ई खोप लगाउन आग्रह गरे ।जोनसनको खोप…

गृहमन्त्री खाणद्वारा अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्यसमाचार /गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित पश्चिम अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरू पठाएका छन् । मन्त्री खाणले पठाएको स्वास्थ्य सामग्रीहरूलाई बिहीबार रुपन्देही कांग्रेसका नेताहरूले स्वास्थ्य चौकीमा बुझाएका छन् । पश्चिम अमुवाको स्वास्थ्य चौकी कोरोनाको अस्थायी अस्पताल पनि हो । मन्त्री खाणले १ थान अक्सिजन कन्सन्ट्रेटर, २२ थान पीपीई सेट, ४० लिटर सेनिटाइजर, २ थान पल्स अक्सिमिटर, ४ बक्स सर्जिकल मास्क, २ बक्स पञ्जा, ६ पोका अक्सिजन पाइप, १० थान फेस शिल्ड, २ जोर बुट, चार थान बेड सेट लगायतका अन्य सामग्रीहरू उपलब्ध गराएको…

रुपन्देहीमा १४७ को पिसीआर परिक्षणमा ९नयाँसंक्रमित ३ मुक्त

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १सय ४७ जनाको कोरोना परीक्षण गरिएको मा ९जना नयाँ संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा २/२ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउपालिकामा १/१ जना संक्रमित थपिएका हुन । भने पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको वताए। जिल्लामा हालसम्म ५सय ६ जनाको कोरोनाबाट मृत्यु भएको वताउदै अहिले संक्रिय संक्रमितको संख्या ३सय३४ रहेको वताए ।