कपिलबस्तुको जितपुरमा ग्रामिण उपचार उद्धारकर्ता तालिम सुरु

स्वास्थ्यसमाचार/ चिकित्सक/ स्वास्थ्यकर्मीहरूको लागी ८ दिने (RMR ) ग्रामिण उपचार उद्धारकर्ता तालिम कपिलबस्तुको जितपुरमा सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा उक्त तालिम सुरु भएको हो।

१२जिल्लाका चिकित्सक/स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले सुभारम्भ गर्नु भयो ।तालिम सुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले विपद जोखिम न्युनिकरण विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धारका लागी यो तालिम महत्वपुर्ण रहेको बताउनु भयो।

उहाले सडक दुर्घटना प्राकृतिक विपद् हुदा कसरी छिटो उद्धारगर्न र उपचार कसरी गर्ने भन्ने नै तालिम महत्वपुर्ण रहेको बताउदै प्रदेशका १२ जिल्लाबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिषेज्ञ बोलाएर यो ८ दिनको तालिम दिनलागेको बताउनु भयो।

उहाले भूकम्प, आगलागी, आँधीबेहेरी, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकालका साथै मानवसिर्जित प्रकोपअन्तर्गत औद्योगिक दुर्घटना, विस्फोटक वा विषाक्त पदार्थबाट हुने दुर्घटना वाट उद्धार र उपचारको लागी योतालिम सबैको लागी लाभदायक भएको बताउनु भयो। स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत होसवा अबकासपछि होस अति उपयोगी रहेको तालिमबाट सिकेका कुरालाई लागुगर्न आग्रह गर्नु भयो।

स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञाबलीले बिपद ब्यबस्थापन लाई लिड गर्न र आफुले जिम्मेबारी लिने र ब्यबस्थापन गर्नको लागी यो रूरल मेडिकल रेस्पोन्डर तालिम महत्वपुर्ण रहेको बताउनु भयो।

निसा सोडारी र हेमन्त खनाललगायतले प्रशिक्षण गर्ने स्वास्थ्य तालिम केन्द्रका तालिम संयोजक डा दिपक आचार्य वताउनु भयो । प्रदेशमा यो दोश्रो तालिम रहेको छ। तालिम फागुन २८ गतेदेखी चैत्र ५ गते सम्म संञ्चालन हुने छ।

सम्बन्धित शिर्षक :