रुकुम पश्चिम जीप दुर्घटना अपडेटः सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । आज बिहान बाँफिकोट गाउँपालिका(८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो ।घटना स्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक :