स्वास्थ्यकर्मीको आन्दोलनमा जनस्वास्थ्य संघ लुम्बिनीको साथ

स्वास्थ्यसमाचार/ तिलोत्तमा लगाएका देशभर भैरहेको स्वास्थ्यकर्मीको आन्दोलन प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल जनस्वास्थ्य संघ लुम्बिनीका अध्यक्ष हेमराज पान्डेले एक बिज्ञेप्ती जारी गरि “हामी सबै स्वास्थ्यकर्मीहरु सेवामा प्रतिबद्ध छौं। तर भोक भोकै काम गर्न सक्दैनौं ।“ भन्दै तलबको माग सँगै, विभिन्न माग राख्दै आन्दोलनमा उत्रिनु भएका तिलोत्तमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको माग प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ।

कोभिड–१९ विरुद्दको लडाईमा दिन रात नभनि खटिएका र जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा जोडिनुहुने स्वास्थ्यकर्मीले काम गरेको तलब पनि लामो समयदेखि नपाउनु आफैमा लज्जाको विषय हो।देश संघीयतामा गए सँगै समायोजन तथा समायोजन संसोधन को विकृत रुपले सबै तहका स्वास्थ्य कर्मीहरुमा नैराश्यता छाउनुको साथै तलब सम्म प्राप्त गर्न नसक्ने स्थिति बन्नु निती निर्माता तथा निर्णयकर्ताहरुको अकर्मण्यता र अदुरदर्शिता ठहर्छ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य कर्मीको असमान वितरण, कुनै एक तहमा समायोजित स्वास्थ्यकर्मीलाई सम्पूर्ण ढोकाहरु बन्द गरि अन्य तहमा जान नसक्ने स्थितिले जटिल अवस्था सिर्जना भएको नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेशको ठहर छ।

दिनरात जनताका स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीको उच्च सम्मान गर्दै स्वास्थ्य कर्मीको मागहरुमा ऐक्यवद्दता व्यक्त गर्दै तत्काल माग पुरा गर्नको साथै तलब नपाएका स्वास्थ्यकर्मीहरुलाई तत्काल तलब प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्न नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश, सम्बन्धित स्थानीय तह र संघीय सरकार संग जोडदार माग गर्दछ नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमराज पान्डेद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ।

 

सम्बन्धित शिर्षक :