प्रेस युनियनको ३२औं स्थापना दिवसः रुपन्देहीमा रक्तदान

गोकर्ण ज्ञवाली ‘प्रकास’ । जेठ १२, बुटवल ।
नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको ३२औं स्थापना दिवस रक्तदान कार्यक्रमसंगै मनाउन लागेको छ ।

रक्तदान कार्यक्रम जेठ १३ गते शनिवार रक्तसंचार सेवा केन्द्र(ब्लडबैंक) बुटवलमा आयोजना गरेको युनियन सभापति कविन्द्र नेपालले जानकारी गराउनू भएको छ ।

रक्तदान विहान आठबजेदेखि शुरु हुने कार्यक्रम संयोजक कल्पना शर्माले जानकारी गराउनूभएको छ । उहाँले रक्तदान कार्यक्रममा युनियनक्रमीसंगै शुभेच्छुक, सबैलाई सहभागीताको लागी अनूरोध पनि गर्नूभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रिय समितिले जेठ १२ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान शाखालाई आग्रह अनुसार रुपन्देहीमा रक्तदान कार्यक्रमसंगै स्थापना दिवस मनाउन लागिएको हो ।
स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउन केन्द्रिय समितिले आग्रह गरेको छ ।
यस्तै जेठ १३ गते केन्द्रीय समितिले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी आयोजना गरी मूल समारोहका साथ स्थापना दिवस मनाउदै छ ।

लोकतन्त्रबादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ

सम्बन्धित शिर्षक :