स्वास्थ्यकर्मिका शान्तिपूर्ण आन्दोलनमा हाम्रो ऐक्यवद्धता: राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ लुम्बिनी

स्वास्थ्यसमाचार /केहीदिन यता देशका विभिन्न स्वास्थ्य संस्थामा नर्स तथा स्वास्थ्यकर्मी माथि दुर्वयवहार भएका घटनाहरु सार्वजनिक भएका छन् ।यी घटनाहरुप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिकोे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबलीले एक विज्ञप्ति निकालेर विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि अपमानित र दुर्व्यवहार गरि स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा बाधा उत्पन्न गर्ने कार्यप्रति आपत्ति जनाउनुभएको छ ।

तिलोत्तमाका स्वास्थ्यको भोक आन्दोलन तथा देशका बिभिन्न ठाउमा भएका स्वास्थ्यका कर्मचारीलाइ अपमानित गर्ने काम गरेको तलब समयमा नदिने सामाजीक संञ्जालमा अनाबस्यक भिडीयो बनाई राख्ने जस्ता कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालमा स्वास्थ्यकर्मीहरुले कार्य सम्पादन गर्ने शिलशिलामा केही व्यक्तिहरुले दुर्वयवहार गरी भिडियो बनाएर सामाजिक संजालमा राख्ने काम गम्भीर आपत्तिजनक र अपराधिक कार्य रहेको ठहर महासंघले गरेको छ । महासंघले यस्ता घटना उपर तुरुन्त छानविन गरि दोषी उपर कारवाहीको माग गरेको छ ।

स्वास्थ्यकर्मीहरुको समायोजन अवैज्ञानिक र अव्यवस्थित हुँदा हालसम्म स्वास्थ्यकर्मीको पूर्ण समायोजन नभएको र यसले विभिन्न समस्या देखिएको महासंघको भनाइ छ । तिलोत्तमा लगाएकका अधिकांश स्थानीय तहमा स्वास्थ्यकर्मीहरुले नियमित रुपमा तलव नपाएको विरोधमा विभिन्न स्वास्थ्य संस्थामा भइरहेको शान्तिपूर्ण आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :