भेरी अस्पतालको अध्यक्षमा बीरेन्द्रबहादुर शाह नियुक्त

स्वास्थ्यसमाचार/सरकारले भेरी अस्पतालको अध्यक्षमा वीरेन्द्रबहादुर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्रीस्तरीय निर्णय गर्दै साहलाई भेरीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

यसअघि मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अध्यक्ष, नारायणी अस्पतालको सदस्यमा समेत नियुक्त गरिसकेका छन् ।

मन्त्री बस्नेतले पछिल्लो पटक रिक्त पदहरुमा पदपूर्ती गर्ने कामलाई तिब्रता दिएका छन् ।

 

सम्बन्धित शिर्षक :